default_image

5 years ago

May 18, 2020

‘मेस्सीलाई रोक्न किक हान्ने प्रयास गरें’

101 views

0 Bookmark

एजेन्सी – ब्राजिलका राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य फिलिपे मेलोले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीविरुद्ध खेल्दा उनलाई किक हान्ने प्रयास गरेको स्वीकार गरेका छन् । यद्दपी त्यस्तो कुनै प्रयास सफल नभएको र मेस्सी झनै बलियो भएर आउने गरेको अनुभव मेलोले सुनाएका छन् ।

मेलोले अन्तर्राष्ट्रिय फुटबल होस् वा क्लब स्तरमा पटक भने मेस्सीको सामना गरेका थिए । उनले ब्राजिलबाट खेल्द मेस्सी सम्मिलित अर्जेन्टिनालाई हराएको प्रसंग आफ्ना नातिनातिनालाई सुनाउने बताएका छन् । युभेन्ट्स, इन्टर मिलान, गालातासारे, अल्मेरियाबाट खेलिसकेका मेलो पालमेरसबाट खेल जीवनको अन्तिम सिजन खेलिरहेका छन् ।

‘मैले मेस्सी विरुद्ध धेरै पटक खेलेको छु । उनी विशेष छन्, किनकी तपाईंले उनलाई किक हान्नु भयो भने उनी पहिला भन्दा झन बढी बलियो भएर आउनेछन् । मैले ब्राजिलबाट खेल्दा उनलाई जानाजान लडाउने प्रयास पनि गरेको थिएँ, तर सफल भइन ,’ उनले भने, ‘उनी डराउँदैनन् । मलाई लाग्छ उनी फुटबल इतिहासकै शीर्ष ३ खेलाडीमा पर्छन् । उनी अद्भुत छन् ।

मेलोले अर्जेन्टिनासँगको खेलको पनि स्मरण गरे । ‘मलाई रोसारियोमा खेलेको अझै सम्झना आउँछ । त्यो अर्जेन्टिनाका लागि निकै महत्वपूर्ण खेल थियो । हामीले त्यो खेल ३–१ ले जित्यो । अर्जेन्टिनामा भेरोन पनि थिए । जसलाई म आफ्नो एक आदर्श मान्छु, ‘उनले भने, ‘त्यो खेलमा मेस्सीले खासै केहि गर्न सकेनन् । म यो कथा आफ्ना बच्चा र नातिनातिनालाई सुनाउनेछु । हामीले कम्तीमा त्यो खेलमा मेस्सीलाई चुप राखेका थियौं । ‘

उनले अर्जेन्टिनाका अर्का युवा स्टार लाउराटो मार्टिनेजको पनि तारिफ गरेका छन् । उनले मार्टिनेजलाई भविष्यका स्टारका रुपमा हेरेका छन् । इन्टरका फरवार्ड आउने सिजन बार्सिलोना पुग्ने अनुमान गरिएको छ ।

‘मार्टिनेज अतिरिक्त मेहनत गर्छन् । धेरै गोल गर्छन । ग्राबियल जिसस जस्तै पनि उनी टोलीका लागि खेल्छन् ,’ उनले भने,’ मलाई लाग्छ उनको भविष्यमा राम्रो छ । उनको बलिया छन् । उनी बार्सिलोना जाँदा उपयुक्त हुन्छ । स्वारेज जस्तो विश्वकै उत्कृष्ट फरवार्डसँगै खेल्ने र त्यसमाथि मेस्सी र नेयमारको साथ हुँदा निकै राम्रो हुन्छ ।’

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.