5 years ago
May 17, 2020
एजेन्सी – स्पेनिस क्लब सेल्टा डि भिगोका विंगर पियोन सिस्टो लिग स्थगित भएपछि स्पेनको लकडाउन नीति तोड्दै आफ्नो देश डेनमार्क पुगेका थिए । क्लबलाई खबर नगरि घर फर्किएका उनलाई सेल्टाले ६० हजार युरो (झन्डै ७८ लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ ।
सबै खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदा सिस्टोले स्पेनको लकडाउन नीति तोड्दै झन्डै २ हजार किलोमिटर दुरी पार गर्दै डेनमार्क पुगेका थिए । कोप भिगोका अनुसार उनी २६ घन्टाको लामो कार यात्रा आफैं तय गर्दै डेनमार्क पुगेका थिए । स्पेनिस लिग सुचारु हुने तयारी भएसँगै उनी स्पेन फर्किएका छन् ।
स्पेन फर्किएपनि उनलाई प्रशिक्षणमा भने सामेल गराइएको छैन । सेल्टाले सोमबारदेखि सामुहिक प्रशिक्षण सुरु गर्दैछ । खेलाडीहरुमा दोस्रो चरणको परिक्षण पनि नेगेटिभ आएपछि प्रशिक्षणका लागि खेलाडीहरु समुहमा जान सक्ने प्रावधान रहेको छ ।
डेनमार्कबाट फर्किएका सिस्टो पहिलो चरणको परिक्षणमा सहभागी थिएनन् । उनले दोस्रो चरणको परिक्षणमा भने सहभागिता जनाए । प्रशिक्षक ओस्कार गार्सियाले सिस्टो आफैंले प्रशिक्षणमा सहभागी हुन नचाहेको बताए । क्लबका अध्यक्ष कार्लोस मोरिनोले पनि सिस्टोले क्लबसँग समन्वय नगरी आफ्नो समस्या नाबताउँदा केहि कठिनाइ भएको स्वीकारे ।
२५ वर्षीय सिस्टोले यो सिजन १९ खेलमा दुई गोल गरेका छन् । २०१५ देखि डेनमार्क टोलीमा रहेका सिस्टोले २१ खेलमा १ अन्तर्राष्ट्रिय गोल गरेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनिस लिग स्थगित छ । सेल्टा डि भिगो २७ अंक जोडेर रेलिगेसन जोनभन्दा १ स्थान माथि छ ।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]