default_image

5 years ago

May 17, 2020

बार्सिलोना र पीएसजीको खेलमा रेफ्रीले धैर्यता गुमाए

106 views

0 Bookmark

एजेन्सी – बार्सिलोना र पीएसजीबीचको तीन वर्षअघिको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा रेफ्री डेनिज आयटेकिनले आफ्नो धैर्यता गुमाएको युइएफएले स्वीकार गरेको छ । 

बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा ६–१ को पूनरागमन जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । जुन च्याम्पियन्स लिगको नकआउटमा सबैभन्दा ठुलो पूनरागमन जित बनेको थियो । पहिलो लेगमा बार्सिलोना ४–० ले पछि परेको थियो । खेल निकै नाटकिय र विवादित बनेको थियो । खेलको अन्तिम समयतिर तीन गोल सम्भव हुँदा नेयमारले उच्च प्रदर्शन गरेका थिए ।

निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा बार्सिलोना ३–१ ले अघि रहेको थियो । उक्त स्कोर अनुसार समग्रमा पीएसजी अगाडी बढ्ने देखिन्थ्यो ।  खेलमा लुइस सुआरेज, लियोनेल मेस्सीले गोल गर्दा कुर्जवाको आत्मघाती गोलमा बार्सिलोना अगाडी थियो । पीएसजीका एडिन्सन काभनीले गोल गरेका थिए ।

८८औं मिनेट र इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नेयमारले गोल गर्दै खेललाई ५–५ गोलको बराबरीमा ल्याएपनि बार्सिलोना अवे गोलमा पछि परेको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सर्जी रोवर्टाेले गोल गर्दै बार्सिलोनालाई समग्रमा ६–५ को जितसहित क्वाटरफाइनलमा प्रवेश गराएका थिए ।

बार्सिलोनाको पाँचौ गोल पेनाल्टीबाट सम्भव भएको थियो । मार्किन्योसले पेनाल्टी बक्समा लुइस सुआरेजलाई फउल गरेको भन्दै जर्मन रेफ्री डेनिज आयटेकिनले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । जसमा नेयमारले गोल गर्न सफल भए । त्यसपछि नेयमारकै पासमा सर्जी रोबर्टाेले अफसाइड ट्रयाप बिट गर्दै गरेको गोलले बार्सिलोनाले ६–१ पूनरागमन जित पक्का गरेका थिए ।

 

‘पाँचौ गोल निकै विवादास्पद छ । युइएफएले यसलाई स्वीकार गरिसकेको छ । रेफ्रीले सम्भावित थप दण्डको सजाय सामना गर्नुपर्ने हुन्छ,’ फ्रान्सको पत्रिका ओन्जे मोन्डियलको रिपोर्टमा युइएफएको अनुशासन कमिटिलाई उद्दृत गर्दै समाचार प्रकाशित गरिएको छ ।

‘मार्च ८ मा भएको खेलमा रेफ्री डेनिजले आफ्नो कर्तव्य पालनामा विफल देखिएका छन् । उनले धैर्यता देखाउन सकेनन् । युइएफएले पनि डिमोसनको विकल्प लिएको छ । फ्रेन्च क्लब पीएसजीले पनि रेफ्रीको गल्ती रहेको भन्दै उजुरी दर्ता गरेको थियो । यसबारे निर्णय भने अझै अज्ञात छ । उजुरी गरेको तीन वर्ष लाग्यो । पीएसजीका खेलाडी र समर्थक अझै निराश छन् । उनीहरुले यो पीडा भुल्न सकेका छैनन् ।’

बार्सिलोना क्वाटरफाइनलमा इटालियन प्रतिद्वन्द्वी युभेन्टससँग पराजित भएको थियो । पीएसजी त्यसपछिको लगातार दुई सिजन रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडसँग पराजित हुदै प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको थियो । यसपटक पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.