default_image

5 years ago

May 17, 2020

फ्रन्कफर्टलाई हराउदै मोच्नेनग्लाडवाच तेस्रो स्थानमा उक्लियो

100 views

0 Bookmark

एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चनेग्लाडवाचले सहज जित हात पारेको छ । मोन्चेनग्लाडवाचले घरेलु टोली फ्रन्कफर्टमाथि ३–१ को सहज जित हात पारेको हो । 

 

कमर्जबैंक एरिना फ्रन्कफर्टमा शनिबार राति भएको खेलमा बोरुसियाको जितमा एलासेन प्लि, मार्कुस थुराम र रामी विन्सेबैनीले गोल गरे । फ्रन्कफर्टका आन्द्रे सिल्भाले सान्त्वना गोल फर्काए । खेलको पहिलो मिनेटमा नै जोनस होफमनको पासमा एलासेनले गोल गर्दै बोरुसियालाई शुरुवाती अग्रता दिलाएका थिए । सातौ मिनेटमा मार्कुसले रामीको पासमा गोल गर्दै मोन्चेनग्लाडवाचको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा रामीले गोल गर्दै मोन्चेनग्लाडवाचलाई ३–० को अग्रता दिलाए । ८१औं मिनेटमा घरेलु टोलीका आन्द्रे सिल्भाले गाल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि हार टार्न नसक्दा मोन्चेनग्लाडवाच ३–१ ले विजयी हुन सफल भयो । जितपछि मोन्चेनग्लाडवाच आरबी लाइप्जिगलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । मोच्नेनग्लाडवाचको ५२ तथा लाइप्जिगको ५१ अंक छ । फ्रन्कफर्ट २८ अंक जोडेर १३औं स्थानमा छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड–१९ का कारण गएको मार्चको दोस्रो सातादेखि विश्व खेलकुद ठप्प हुदा बुन्डेस लिगा पनि प्रभावित बनेको थियो । युरोपको घरेलु लिगमा बुन्डेस लिगा कोरोनापछि सुचारु हुने पहिलो चर्चित लिग बनेको छ । फ्रेन्च लिग वान, बेल्जियम लिग, डच लिग स्थगित भइसकेका छन् । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ शुरु हुने योजनामा छ ।

अन्य नतिजा

डर्टमन्डविरुद्ध साल्के (–०)

अग्सवर्गविरुद्ध वल्सवर्ग (१–)

डुसेलडर्फविरुद्ध पाडेरवर्न (०–०)

आरबी लाइप्जिगविरुद्ध फ्रेइवर्ग (१–१)

होफेनहाइनविरुद्ध हर्था बर्लिन (०–)

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.