5 years ago
May 17, 2020
एजेन्सी – मिडफिल्डर टोनी क्रुसको रियल म्याड्रिडसँगको सम्झौता सन् २०२३ सम्म रहेको छ । त्यसैले क्रुसले अहिले सम्म इंग्ल्यान्ड जाने विषयमा कल्पना नगरेको बताएका छन् । क्रुस २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल पुगेका थिए ।
रियलमा उनी टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । जर्मन मिडफिल्डर क्रुसले रियलसँगको सम्झौता सम्म कतै नजाने प्रष्ट पारेका छन् । त्यसपछि मात्र अर्को निर्णय लिने उनले बताएका छन् ।
‘मेरो अहिलेको योजना भनेको अबको तीन वर्ष रियलमै रहने हो । त्यसपछि म ३३ वर्षको हुनेछु । त्यति बेला आफैसँग प्रश्न गर्नेछु । त्यो बेला मेरो शारीरिक र मनोबल कस्तो हुन्छ ,’ उनले भने, ‘म अहिले जस्तै रहन्छु वा फरक हुन्छु ।’
रियलसँगको सम्झौता सकिएपछि मात्र अरु विषय सोचिने उनले बताए । ‘त्यति बेला पनि अहिले जस्तै प्रदर्शन गर्न सकेको अवस्थामा अर्को एक वर्षको प्रस्ताव आएमा त्यसलाई पनि स्वीकार्न सकिनेछ,’ उनले थपे ।
रियलसँगको सम्झौताकै अवधिमा प्रिमियर जाने विषयलाई भने उनले अस्वीकार गरे । इंग्ल्यान्डमा पनि फिजिकल खेल हुन्छ । मलाई लाग्दैन ३३ वर्षको उमेरमा त्यहाँ जाने विषयमा मैले सोचेको छैन ।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा क्रुसले बायर्नबाट खेलेका थिए । उनले पूर्व प्रशिक्षकसँग पुनः जोडिने विषयमा भने, ‘मलाई लाग्दैन मेरो लागि त्यस्तो विकल्प हुनेछ ।’
यति बेला भने उनी रियललाई बाँकी सिजनमा कसरी उपाधि दिलाउने भन्नेमा केन्द्रित छन् । ला लिगामा रियल शीर्ष स्थानको बार्सिलोना भन्दा २ अंकले पछाडि छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]