5 years ago
May 16, 2020
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी रिभरडर्बीमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा डर्टमुन्डको ४-० जितमा राफेल गुरेरोले २ तथा एर्लीङ हालान्ड र थोर्गन हाजार्डले १-१ गोल गरे ।
समर्थकबिना बन्द रंगशालामा भएको खेलमा नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाए । उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए । जुलियन ब्रान्टको फ्लिकपछि थोर्गन हाजार्डले दायाँ विङ्बाट गरेको क्रसमा हालान्डले गोल गरे । उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचलाई गोलमा परिणत गरेका थिए ।
त्यसअघि २६ औं मिनेटमा साल्केले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । ड्यानीएल कालिजुरीले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षक रोमन बुर्कीले दोस्रो प्रयासमा बचाएका थिए । सातौँ मिनेटमा पनि कालिजुरीको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।
खेलको १५ औं मिनेटमा घरेलु टोली डर्टमुन्डका राफेल गुरेरोको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरिएको थियो । लगत्तै हालान्डले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारले गोलरक्षकलाई समस्या दिन सकेन । ३५ औं मिनेटमा अक्रफ हाकिमीको क्रसमा गुरेरोको प्रहार बाहिरियो ।
खेलको ४१ औं मिनेटमा डर्टमुन्डका मोहमद दाहुदले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार डिफेन्डर सलिफ सानेलाई लाग्दै बाहिरिएको थियो । ४४ औं मिनेटमा गुरेरोले डर्टमुन्डको अग्रता दोब्बर पारे । ब्रान्टको थ्रु बललाई गुरेरोले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोलमा परिणत गरे ।
दोस्रो हाफको सुरुवातमै डर्टमुन्डले अग्रता बढायो । ४८ औं मिनेटमा थोर्गन हाजार्डले डर्टमुन्डको लागि तेस्रो गोल गरे । ब्रान्टले दिएको थ्रु पासलाई हाजार्डले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै सिजनको व्यक्तिगत पाँचौ गोल गरे । उक्त मुभ बुन्ने क्रममा हालान्ड घाइते समेत भएका थिए । ५६ औं मिनेटमा साल्केका लागि बर्गस्टालरको प्रहार गोलरक्षक बुर्कीले सहजै बचाए ।
खेलको ६२ औं मिनेटमा गुरेरोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४-० पुर्याए । उनले हालान्डसंग उत्कृष्ट वन टु पास खेल्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । गुरेरोले अफसाइड ट्रयाप बिट गर्दै आउटसाइड फुटले गरेको प्रहारलाई गोलरक्षक मार्कस सुबर्टले बचाउने अवसर नै पाएनन् । ७३ औं मिनेटमा सालिफ सानेको हेडर पोस्टभन्दा माथि जाँदा साल्केले गोल फर्काउन सकेन ।
यस जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी १ अंकमा झारेको छ । डर्टमुन्डको ३६ खेलमा ५४ अंक छ । एक खेल कम खेलेको बायर्नले ५५ अंक जोडेको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]