default_image

5 years ago

May 16, 2020

हालान्डको गोलमा डर्टमुन्डलाई अग्रता

144 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी खेलमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ । डर्टमुन्डका लागि एर्लीङ हालान्ड र राफेल गुरेरोले १-१ गोल गरे ।

नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए । जुलियन ब्रान्टको फ्लिकपछि थोर्गन हाजार्डले दायाँ विङ्बाट गरेको क्रसमा हालान्डले गोल गरे । उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचलाई गोलमा परिणत गरेका थिए ।

त्यसअघि २६ औं मिनेटमा साल्केले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । ड्यानीएल कालिजुरीले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षक रोमन बुर्कीले दोस्रो प्रयासमा बचाएका थिए । सातौँ मिनेटमा पनि कालिजुरीको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।

खेलको १५ औं मिनेटमा घरेलु टोली डर्टमुन्डका राफेल गुरेरोको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरिएको थियो । लगत्तै हालान्डले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारले गोलरक्षकलाई समस्या दिन सकेन । ३५ औं मिनेटमा अक्रफ हाकिमीको क्रसमा गुरेरोको प्रहार बाहिरियो ।

खेलको ४१ औं मिनेटमा डर्टमुन्डका मोहमद दाहुदले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार डिफेन्डर सलिफ सानेलाई लाग्दै बाहिरिएको थियो । ४४ औं मिनेटमा गुरेरोले डर्टमुन्डको अग्रता दोब्बर पारे । ब्रान्टको थ्रु बललाई गुरेरोले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोलमा परिणत गरे ।

यो खेल जितेमा डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी १ अंकमा झार्नेछ । साल्के भने खेलमा फर्कन नसके ३७ अंकसहित आठौं स्थानमा कायम रहनेछ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.