default_image

5 years ago

May 16, 2020

रियल प्रशिक्षक जिदानको योजना

97 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका खेलाडी प्रशिक्षणमा त फर्केका छन् । तर, कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिका कारण समय सोचे जस्तो सहज भने छैन । अहिलेको जस्तो प्रशिक्षणमा खेलाडी अभ्यस्त थिएनन् । अहिलेको यो अनिश्चितता कहिले सम्म रहने भन्ने एकिन छैन ।

यद्दपी रियलका प्रशिक्षक जिनेदिन जिदाले यस्तो अवस्थामा पनि टोलीलाई बाँकी अवधिमा सफलता दिलाउने योजनाका साथ काम गरिरहेका छन् । फ्रान्सेली प्रशिक्षण खेलाडीको मनोबल बढाउने र डररहित बनाउनेमा प्रयासरत छन् । जसले टोलीलाई बाँकी अबधिमा महत्वपूर्ण उपाधि दिलाउन सकियोस् । स्पेनमा अहिले पनि लकडाउनको अवस्था जारी छ ।

प्रशिक्षणमा पनि खेलाडी बीच दुरी कायम गरिएको छ । मास्क, पन्जा, बन्द ड्रेसिङ रुम, एक अर्कासँग सम्पर्क नगर्ने र सानो सानो समूहमा प्रशिक्षण गराएको छ । खेलाडीमा एकअर्कालाई अंगालो हाल्ने, एक ठाँउमा धेरै जम्मा हुने, समूहमा कुराकानी गर्नेमा प्रतिबन्ध लगाइएको छ । फुटबलमा यो सबै सम्भव छैन तर परिस्थिति अनुसार स्वास्थ्यका दृष्टिमा अहिले अर्को विकल्प देखिएको छैन ।

जिदान र उनको प्रशिक्षण टोली अर्को कदमका लागि केन्द्रित देखिएको छ । ला लिगासहित अन्य प्रतियोगितामा फर्कनुअघि विस्तारै अलि ठूलो समूहमा अभ्यास गर्न पाइनेमा उनको टोली आशावादी छ । फेरि सबै सँगै अभ्यास गर्न पाउने परिस्थिति बनेपछि जिदानले खेलाडीलाई सबै विर्सेर फिटनेस र बलमा केन्द्रित गराउने प्रयास गर्नेछन् । जिदानलाई थाहा छ पहिलाकै अवस्थामा फर्कन समय लाग्नेछ । खेलाडीलाई मानसिक र शारीरिक रुपमा पुरानै अवस्थामा पुग्न केहि समय भने पक्कै लाग्नेछ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.