default_image

5 years ago

May 16, 2020

ब्राजिली युवा स्टारमा लिभरपुल, पीएसजी र युभेन्टसको नजर

132 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा प्रतिभा टालेस माग्नो अनुबन्धको लागि इंग्लिस क्लब लिभरपुल, फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब युभेन्टससँगै युरोपका ठुला क्लबहरुले चासो देखाएका छन् ।

लिभरपुलले ब्राजिल यु–१७ टोलीका महत्वपुर्ण सदस्य माग्नोलाई आउदो समरमा अनुबन्ध गर्ने तयारी थालेको हो । यो दौडमा पीएसजी, युभेन्टस, लाजियो, रोमा र बेन्फिका पनि उभिएका छन् । तर, माग्नो अनुबन्धको दौडमा लिभरपुलले फ्रेन्च क्लब पीएसजीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । माग्नोको रिलिज क्लज ४४.७ मिलियन पाउन्ड रहेको छ । ब्राजिलियन क्लब भास्कोमा माग्नोको सम्झौता २०२२ सम्म रहेको छ ।

ब्राजिलमा नयाँ प्रतिभाको रुपमा अघि देखिएका १७ वर्षे माग्नोलाई लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले नजिकबाट नियालेका छन् । ब्राजिलका फुटबल विश्लेषकले उनलाई अर्का नेयमारको रुपमा व्याख्या गरेका छन् । उनी लिभरपुलका आक्रमक खेलाडी रोबर्टो फिर्मिन्होको जस्तो भुमिकामा खेल्दै आएका छन् । माग्नोले यो सिजन ब्राजिली क्लब भास्को डा गामाबाट ब्राजिलको सिरी ‘ए’ र ब्राजिली यू–१७ टिमबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

रियो दि जेनेरियो क्षेत्रको क्लब भास्कोले पछिल्लो समय आर्थिक समस्याको सामना गरिरहेको र रकम जुटाउन कै लागि क्लबका युवा खेलाडीहरु बेच्ने निर्णयमा पुगेको बताइएको छ । क्लबले यसअघि २०१८ मा युवा प्रतिभा पाउलिन्होलाई जर्मन क्लब बायर लिभरकुसेनमा १७ मिलियन पाउन्डमा बेचेको थियो ।

क्लब अझै पनि आर्थिक स्थितिबाट मार्थि उठ्न नसकेको अवस्थामा माग्नोलाई पनि बेच्ने निर्णयमा पुगेको हो । माग्नोले ब्राजिली यू–१७ टिमबाट १० खेलमा ५ गोल गरेका छन् । भास्कोको लागि २२ खेलमा २ गोल गरेका छन् । उनी २०१९ मा घरेलु भुमिमा आयोजना भएको फिफा यु–१७ विश्वकपको उपाधि जित्दा टोलीका महत्त्वपूर्ण सदस्य रहेका थिए ।

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

March 21, 2025

जिलेस्पीको गोलमा नेपालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले‌ सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]

Success

Thank you for your time.