5 years ago
May 16, 2020
एजेन्सी – बेल्जियन लिग आयोजकले क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण स्थगित लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो ।
क्लब ब्रुगले लिगमा दोस्रो स्थानको जेन्टसँग १५ अंकको फराकिलो अग्रता लिएको थियो । सिजन अवरुद्ध बन्नु अघि लिगमा मात्र एक चरणको खेल बाँकी थियो । क्लब ब्रुग १७औं पटक तथा पछिल्लो पाँच सिजनमा तेस्रो पटक लिग उपाधि जित्न सफल भएको हो ।
यससँगै क्लब ब्रुगले अर्को सिजन सोझै च्याम्पियन्स लिगलाई छनोट भएको छ । बैठकले वासल्याण्ड बेवरेनलाई रेलिगेशनमा परेको छ । तर, निर्णयलाई आगमी शुक्रबार बस्ने क्लबहरुको साधारण सभाले पारित गर्नुपर्नेछ ।
बेल्जियन लिग रद्ध भएपनि बेल्जियन कप भने हुन सक्नेछ । क्लब ब्रुग र एन्टवेर्पबीच अगस्ट पहिलो साता बेल्जियन कपको फाइनलमा खेलाउने तयारी गरिरहेको छ । फाइनल ३ अथवा ७ अगस्टमा हुन सक्ने आँकलन गरिएको छ ।
यसअघि फ्रान्सको लिग वान र नेदरल्यान्डको लिग पनि रद्ध भइसकेको छ । तर, जर्मन बुन्डेस लिगा आजदेखि शुरु हुदैछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]