5 years ago
May 16, 2020
एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण प्रभावित बनेको युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको यो सिजनको बाँकी खेल पुरा गर्ने योजना बनाइरहेको छ ।
च्याम्पियन्स लिग र युरोपा लिगामा प्रि–क्वाटरफाइनलका केही खेलहरु बाँकी छन् । यस्तोमा युइएफएले आउदो अगस्टमा स्थगित च्याम्पियन्स र युरोपा लिगा पुनः सुचारु गर्ने योजना अघि सारिरहेको छ । च्याम्पियन्स लिगमा प्रि–क्वाटरफाइनलका चार खेल बाँकी छन् ।
प्रि–क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नेपोली, स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी, इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लियोन र जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब चेल्सीबीचको दोस्रो लेगको खेल खेल्न बाँकी छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, जर्मन क्लब आरबी लाइप्जिग र इटालियन क्लब एटलान्टाले क्वाटरफाइनलको यात्रा तय गरिसकेका छन् ।
जसअनुसार युइएफएले म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको खेल ७ अगस्टमा गराउने तयारी गरेको छ । अर्थात यी दुई टोली झन्डै १७४ दिनपछि आमने सामने हुँदैछन् । यि दुई टोलीबीचको पहिलो लेगको खेल फेब्रुअरी २६ मा भएको थियो । खेल म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनुपर्ने भएपनि न्युट्रल भेन्युमा हुन सक्ने सम्भावना छ ।
म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको पहिलो लेगमा सिटीले २–१ को जित निकालेको थियो । उक्त खेलमा रियलका कप्तान सर्जियो रामोसले रातो कार्ड पाएका थिए । रामोस दोस्रो लेगको खेलका लागि प्रतिबन्धित रहनेछन् । दोस्रो लेगको खेल भएको अवस्थामा सिटीलाई यही नतिजा क्वाटरफाइनल पुग्न पर्याप्त हुनेछ ।
गोलरहित बराबरी, गोलको बराबरी अथवा १–० को हारले पनि सिटीको क्वाटरफाइनल पुग्ने सम्भावना छ । यता, रियललाई भने निश्चित २–० को जित वा त्यो भन्दा राम्रो जितको आवश्यकता छ । यो जित निकाल्न नसकेको अवस्थामा च्याम्पियन्स लिगको सर्वाधिक सफल तथा १३ पटकको च्याम्पियन रियल लगातार दोस्रो सिजन प्रि–क्वाटरफाइनलबाटै बाहिरिने छ ।
यस्तै युइएफएले बायर्न म्युनिख र चेल्सीबीचको खेल ७ अगस्टमा तथा बार्सिलोना र नेपोली तथा युभेन्टस र लियोनबीचको दोस्रो लेगको खेल ८ अगस्टमा गराउने तयारी गरेको छ । तर, यो सबै निर्णय २७ मेमा बस्ने युइएफएको बोर्ड बैठकले गर्नेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]