default_image

5 years ago

May 16, 2020

डर्टमन्ड विरुद्ध साल्के : सम्पूर्ण जानकारी

111 views

0 Bookmark

एजेन्सी – कोरोना महामारीको सन्त्रासबीच झन्डै ६४ दिनपछि युरोपको सबैभन्दा चर्चितमध्येको जर्मन बुन्डेस लिगा सुरु हुँदैछ । कोरोनापछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने विषयले चर्चा पाइरहँदा जर्मन बुन्डेस लिगा कोरोना पछि फर्कने सबैभन्दा ठुलो घरेलु लिग बनेको छ । 

स्थगित भएपछिको बुन्डेस लिगाको पहिलो दिन ६ खेल हुने छ । सबै खेल बन्द रंगशाला अर्थात ‘क्लोज डोर’ मा हुनेछ । विश्व फुटबलको ध्यान आज यही बुन्डेसलिगामा हुनेछ । बुन्डेसलिगाको ६ खेलमध्ये दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड र साल्केबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सका च्यानलबाट प्रसारण हुनेछ ।

युवा स्टारहरु खेलाडीहरु अर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चो जस्ता खेलाडीको साथ पाएको डर्टमन्ड साल्केलाई पराजित गर्दै शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी छोट्याउने अवसर छ । साल्केलाई पराजित गर्न सकेको अवस्थामा डर्टमन्डको शीर्षस्थानको बायर्नसँगको अंक दुरी १ मा झर्नेछ ।

यद्दपि बायर्नसँग १ खेल हातमा हुनेछ । डर्टमन्डको २५ खेलबाट ५१ अंक छ । उति नै खेलबाट बायर्नको ५५ अंक छ । साल्के पनि डर्टमन्डलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ ।

दुई महिना भन्दा बढी समयपछि फुटबल फर्किदा खेलाडीको प्रदर्शन कस्तो हुने हो त्यो पनि हेर्न लायकको हुनेछ । तर, खेलाडीहरुले झन्डै एक महिना अघिदेखि विभिन्न चरणको प्रशिक्षण पार गर्दै सामुहिक प्रशिक्षणसम्म पुगेका छन् ।

यता, आरबी लाइप्जिग पनि फ्रेइवर्गलाई पराजित गर्दै शीर्ष दुई टोलीसँगको अंक दुरी छोट्याउने दाउमा हुनेछ । लाइप्जिगको ५० अंक छ । बोरुसिया मोन्चेनग्वालवाच फ्रन्कफर्टलाई हराउदै शीर्ष चारलाई थप मजबुत बनाउने योजनामा हुनेछ ।

सम्भावित सुरुवाती ११ :

डर्टमुन्ड : (३-४-३)

रोमन बुर्की

लुकास पिस्जेक – म्याट्स हमल्स – मानुएल अकान्जी

अक्रफ हाकिमी – जुलियन ब्रान्ट – थोमस डिलेनी – राफेल गुरेरो

जेडन सान्चो – एर्लीङ हालान्ड – थोर्गन हाजार्ड

साल्के : (४-३-१-२)

मार्कस सुबर्ट

जोन्जो केन्नी – जान टोबिडो – माटिजा नास्टासिच – बास्टियन ओक्ज्पिका

ड्यानीएल कालिजुरी – वेस्टन मकेनी – सुआट सरदार

अमिन हारिट

बेनिटो रामान- गुइडो बर्गस्टालर

अन्य खेल तालिका र समय :

अग्सबर्गविरुद्ध वल्फ्सवर्ग (साँझ ७ः१५ बजे)

डुसेलडर्फविरुद्ध पाडेरवर्न (साँझ ७ः१५ बजे)

आरबी लाइप्जिगविरुद्ध फ्रेइवर्ग (साँझ ७ः१५ बजे)

होफेनहाइमविरुद्ध हर्था बर्लिन (साँझ ७ः१५ बजे)

फ्रन्कफर्टविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (राति १०ः१५ बजे)

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.