5 years ago
May 16, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई यो सिजनको च्याम्पियन घोषणा गरिसकेको छ ।
फ्रेन्च लिग वान रद्ध भएपनि जर्मन फुटबल लिग (डिएफएल) ले जर्मन बुन्डेस लिगा क्लोज डोरमा गर्ने निर्णय ग¥यो । जर्मन चान्सलरले सावधानी अपनाएर खेलकुद गतिविधि गर्न ग्रीन लाइटको सिग्नल दिएपछि डिएफएले १६ मेदेखि लिग आयोजना गर्ने जोखिम मोल्यो ।
यससँगै झन्डै ६४ दिनपछि युरोपियन फुटबल फर्कने भएको छ । अर्थात कोरोनाका कारण स्थगित रहेको फुटबलका ठुला प्रतियोगिताहरुमा बुन्डेसलिगा पहिलोपटक सुचारु हुँदैछ । शनिबारदेखि शुरु हुने बुन्डेस लिगामा युरोपका अन्य देशका घरेलु लिग आयोजकसँगै विश्वको ध्यान जर्मनीमा केन्द्रित हुनेछ । कोरोनाको संक्रमणको त्रास अझैपनि कायम रहँदा सबै खेलहरु बन्द रंगशालामा हुनेछ ।
बुन्डेस लिगाको पहिलो दिन ६ खेल हुनेछ । जसमा सबैको ध्यान युवा स्टारहरुले भरिएको बोरुसिया डर्टमन्ड र साल्केबीचको खेलमा हुनेछ । शनिबार अग्सवर्ग र वल्सवर्ग, डर्टमन्ड र साल्के, डुसेलडर्फ र पाडेरवर्न, आरबी लाइप्जिग र फ्रेइवर्ग, होफेनहाइन र हर्था बर्लिन तथा फ्रन्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ । बायर्न म्युनिख आइतबार युनियन बर्लिन भ्रमणमा निस्कने छ ।
सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ । बुन्डेस लिगामा बायर्न शीर्षस्थानमा रहेको छ । उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ । पाँच खेल एक समयमा शुरु हुनेछ । खेल नेपाली समय अनुसार ७ः१५ बजेपछि शुरु हुनेछ ।
धेरै चाँसो रहेका बेला जर्मन फुटबलले विशेष सावधानी अपनाएर लिग सुचारु गर्न पुगेको हो । शीर्ष डिभिजन क्लवहरुले स्वास्थ्य नियमको पालना गर्दै प्रशिक्षणमा फर्किए । जर्मन फुटबलले बुन्डेस लिगा सुचारुका लागि एक भेन्युमा ३०० भन्दा बढीलाई प्रवेशमा निशेष गरिएको छ । टिमको एक सातामा दुईपटक कोरोना परिक्षण गरिनेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]