default_image

5 years ago

May 15, 2020

रियलका सबै फरवार्ड र हालान्डको गोल बराबर

126 views

0 Bookmark

एजेन्सी – जर्मनीमा कोरोना संक्रमणको स्थिति केहि मथ्थर भएपछि जर्मन फुटबलको शीर्ष डिभिजन लिग जर्मन बुन्डेसलिगा शनिबारदेखि सुरु हुँदैछ । लिगको पहिलो साता रिभरडर्बीमा बोरुसिया डर्टमुन्ड र साल्का आमनेसामने हुँदैछन ।

नर्वेका युवा फरवार्ड एर्लीङ हालान्ड पछिल्लो समय विश्व फुटबलका उदाउँदो स्टारका रुपमा दरिएका छन् । यसै जनवरी ट्रान्सफर विन्डोमा अष्ट्रियाको आरबी साल्जबर्गबाट जर्मन क्लब डर्टमुन्ड आइपुगेका उनले आफ्नो लयलाई कायम राखेका छन् । जारी सिजन उनले साल्जबर्गको समेत गोल जोड्दा कुल ४० गोल गरेका छन् । यो गोल संख्या स्पेनिस क्लब रियल म्याड्रिडका सबै फरवार्डले गरेको गोल संख्या जोड्दा बराबर हुन् आउँछ ।

हालान्डले लिग सुचारु भएपछि गोल गरेको खण्डमा उनले रियलका सबै फरवार्डले गरेको गोलसंख्यालाई उछिन्नेछन् । रियलका लागि जारी सिजन फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले सर्वाधिक १९ गोल गरेका छन् । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि रियलले उनको स्थान लिनसक्ने खेलाडी भेटेको छैन ।

रोनाल्डोपछि रियलका समर्थकले ग्यारेथ बेलबाट गरिएको आशा पूर्ण रुपमा निराशामा बदलिएको छ । बेलले यो सिजन जम्मा ३ गोल गरेका छन् र उनको मैदानबाहिरको व्यवहारले समर्थकहरुलाई रुष्ट बनाएको छ । यसै सिजन जर्मन क्लब फ्रान्कफर्टबाट रियल आएका सर्बियाका फरवार्ड लुका जोभिचले २ गोल गरेका छन् । जोभिच चोटका कारण मैदानबाहिर रहेकाले अब गोल थपिनेमा शंका छ ।

रियलका लागि सर्वाधिक गोल गर्ने सूचिको दोस्रो स्थानमा कप्तान सर्जियो रामोस छन् । रामोसले पेनाल्टीमा ५ गोलसहित कुल ७ गोल गरेका छन् । युवा विंगर रोड्रीगो पनि ७ गोल सहित दोस्रो स्थानमा नै छन् । यद्यपि उनले अन्य खेलाडीझैं लगातार अवसर भने पाएका छैनन् । अर्का फरवार्ड मारियानो डियाजले १ गोल मात्र गरेका छन् ।

यसै सिजन मोटो रकममा चेल्सीबाट रियल आएका विंगर इडेन हाजार्डले जम्मा १ गोल गरेका छन् । रियलले उनीबाट निकै अपेक्षा राखेको थियो । तर चोटका कारण उनले मैदानमा समय बिताउन पाएका छैनन् । लिग सुचारु भएको अवस्थामा हाजार्डबाट रियलले निकै आशा राखेको छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.