5 years ago
May 15, 2020
एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एडीलसनले आफू क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीभन्दा उत्कृष्ट रहेको दावी गरेका छन् ।
ब्राजिलका लागि २१ खेल खेल्दै ६ गोल गरेका एडिलसनको क्लब करीअर ब्राजिलियन लिगमा नै सिमित रहेको थियो । उनले पाल्मेरस, कोरिन्थियन्स र फ्लामेंगोबाट व्यावसायिक फुटबल खेलेका थिए । सन् २००२ मा जापान र कोरियामा आयोजित विश्वकप जित्दा उनी ब्राजिलियन टोलीमा रहेका थिए ।
आफ्नो करीअरमा युरोपेली फुटबलको कुनै क्लबबाट नखेलेका उनले विश्वकप विजेताको मेडल भएकै कारण आफू मेस्सी र रोनाल्डोभन्दा उत्कृष्ट रहेको बताए । ‘मैले आफ्नो उच्च विन्दुमा हुँदा नेयमारभन्दा राम्रो खेल्थें । उनले यदि मभन्दा राम्रो छु भनेर प्रमाणित गर्ने हो भने विश्वकप जित्नुपर्छ,’ एडीलसनले मेट्रोसँग भने ।
‘मसँग पनि खेल मैदानमा शालीनता थियो, त्यसैले मेस्सीले यदि मभन्दा राम्रो छु भन्ने हो भने विश्वकप जित्नुपर्छ । रोनाल्डोमा मात्र शारीरिक शक्ति र दुवै खुट्टाले बल प्रहार गर्न सक्ने क्षमता भएको हो, उनीभन्दा म बढी प्राविधिक रुपमा निपुण थिएँ ।’
एडीलसनले विश्वकप नै फुटबलको सबैभन्दा ठूलो उपाधि रहेको र यसलाई नजिती आफूलाई उत्कृष्ट दावी गर्न नसकिने बताए । एडीलसनले विश्वकपको सेमिफाइनलमा सुरुवाती रोजाईमा खेलेका थिए । उनले त्यसअघि क्वाटरफाइनल र समुह चरणका दुई खेलमा बेन्चबाट मैदान छिरेका थिए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]