5 years ago
May 15, 2020
एजेन्सी – इंग्ल्याण्ड राष्ट्रिय टोलीका कप्तान तथा टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केनले आफ्नो पूर्व क्लब लेटन ओरिएन्टलाई अर्को सिजन प्रायोजन गर्ने भएका छन् ।
केनले ओरिएन्टको होम, अवे र तेस्रो जर्सीमा रहेको विज्ञापन गर्ने स्थान खरिद गरेका हुन् । उनले ती विज्ञापन गर्ने स्थानमा मानसिक स्वास्थ्यको अस्पतालको लोगो राख्न क्लबलाई भनेका छन् । कोरोना संक्रमणको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिन केनले यो कदम चालेका हुन् । सम्झौता एक सिजनलाई मान्य हुनेछ ।
केनले १७ वर्षको उमेरमा ओरिएन्टबाट खेल्दै व्यावसायिक फुटबलमा डेब्यु गरेका थिए । त्यसबेला टोटेनहमबाट लोनमा पुगेका उनले १८ खेलमा ५ गोल गरेका थिए । ओरिएन्टले बिहीबार विज्ञप्ति जारी गर्दै केनको कदमको स्वागत गरेको छ । क्लबले हरेक जर्सीबाट आउने रकमको १० प्रतिशत रकम लोगो अंकित अस्पताललाई दिइने जनाएको छ ।
केनले क्लबलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । ‘म ओरिएन्टबाट केहि माइल जन्मे हुर्केको हुँ । मलाई व्यावसायिक फुटबलमा पहिलो खेल खेल्ने अवसर दिने क्लबलाई सहयोग गर्न पाउँदा निकै खुसी छु,’ उनले थपे, ‘ मैले यसबाट कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर लडिरहेका स्वास्थ्यकर्मीलाई पनि धन्यवाद भन्न पाएँ ।’
क्लबका प्रमुख कार्यकारी ड्यानी म्याक्लिनले केनको यो कदमलाई स्वागत गरे । ‘हामीले सरल रुपमा सुरु गरेको छलफलले निकै राम्रो नतिजा दिएको छ । हामी स्वास्थ्यकर्मीलाई धन्यवाद दिने कसरी भन्ने सोचिरहेका थियौं । केनको यो कदमले सबैको ध्यान आकर्षण पनि गर्नेछ र हामीले स्वास्थ्य क्षेत्रमा केहि योगदान पनि दिन सक्नेछौं,’ उनले भने ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]