5 years ago
May 15, 2020
एजेन्सी – क्वारेन्टिन नियम उल्लंघन गरेपछि जर्मन बुन्डेसलिगा क्लब अग्सबर्गका मुख्य प्रशिक्षक हेईको हेरलीचलाई जर्मन फुटबल लिग (डिएफएल) ले एक खेलमा निलम्बन गरेको छ ।
लिग हुने संघारमा क्वारेन्टिनको नियम तोड्दै उनी होटलबाट दन्त मन्जन किन्न बजार निस्किएको बताइएको छ । नियम तोडेको पुष्टि भएपछि डिएफएलले उनलाई लिगको पहिलो खेलमा निलम्बन गर्ने निर्णय गरेको हो । हेरलीच आफैंले पनि गल्ती गरेको स्वीकार्दै सजाय मान्ने बताएका छन् ।
हेरलिचको टिमले शनिबार वल्फ्सवर्गको सामाना गर्दैछ । बायर लिभरकुसेनका पुर्व प्रशिक्षक ४८ वर्षे हेर्लिच गएको १० मार्चमा क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । घरेलु मैदानमा वल्फ्सवर्गसँग उनको पहिलो खेल थियो । अब उनले खेलअघि हुने टोलीको प्रशिक्षणमा पनि सहभागी नहुने बताएका छन् ।
‘होटल छाडेर मैले गल्ती गरेको हो । होटलबाट बाहिर निस्कने समयमा मैले सबै स्वच्छ उपाय अबलम्बन गरेका थिए । म यसलाई लुकाउन सक्दिन । यस अवस्थामा म आफ्नो टिमसँग काम गर्ने छैन । शुक्रबारको प्रशिक्षण र शनिबारको खेलमा म उपस्थित हुनेछैन,’ क्लबले जारी गरेको विज्ञप्तिमा हेरलीचले उल्लेख गरेका छन् ।
लिग सुरु हुने क्रममा हरेक क्लबले खेलाडी र स्टाफको नियमित रुपमा परिक्षण गरिरहेका छन् । हेरलीचको अब दुईपटक नतिजा नेगेटिभ आएपछि मात्र उनी टिमको प्रशिक्षणमा सहभागी हुन पाउनेछन् । अग्सबर्ग बुन्डेस लिगाको १४औं स्थानमा रहेको छ । जुन रेलिगेसन जोनमा १६औं स्थानको प्ले अफ खेल्ने भन्दा ५ अंक बढी हो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]