default_image

5 years ago

May 15, 2020

हिगुआइन इटली फर्कदै

91 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब युभेन्टसका फरवार्ड गोन्जलो हिगुआइन यसै साता इटली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षण थालेको झन्डै दुई सातापछि हिगुआइन इटली फर्कन लागेका हुन् । 

हिगुआइन टुरिन फर्किएपनि उनी दुई साता क्वारेन्टिनमा बस्नुपर्ने छ । उनले दुई साताको क्वारेन्टिन बसाईपछि कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ देखिएमा मात्रै टोलीसँगको प्रशिक्षणमा सामेल हुन पाउनेछ ।

हिगुआइन इटलीमा लकडाउन शुरु भएदेखि नै अर्जेन्टिना फर्किएका थिए । उनले आफ्नो आमाको स्वाथ्यमा देखिएको समस्याका कारण लकडाउन र महामारीको बीचमा पनि इटली छाडेर ब्युनर्स आयर्स पुगेका थिए । उनी प्रशिक्षणका लागि इटली फर्कने युभेन्टसका अन्तिम खेलाडी हुन् ।

हिगुआइन आज शुरुक्रबार टुरिनमा पुग्ने र दुई हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ । क्वारेन्टिन अवधि पुरा भएपछि उनी क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला र युभेन्टसका टिमसँगको प्रशिक्षणमा जान अनुमति पाउनेछन् । १३ जुनबाट इटालियन सिरी ‘ए’ हुने तयारी गरिरहँदा क्लबहरुले यसअघि नै प्रशिक्षण थालिसकेका छन् ।

३२ वर्षीय हिगुआइनले प्रशिक्षक मौरिसियो सार्रीको डेब्यु सिजनमा पहिलो रोजाईका स्थान बनाउन सकिरहेका छैनन् । उनले १६ खेलमा मात्रै पहिलो रोजाईमा अवसर पाउदा ५ गोल गरेका छन् । उनले टोलीमा पहिलो रोजाईमा स्थान बनाउन अझै मिहेनत गर्नुपर्ने देखिन्छ । अर्जेन्टिनी क्लब रिभर प्लेटमा उत्कृष्ट प्रदर्शन गरेपछि हिगुआइन २००६ मा स्पेनिस महारथी रियल म्याड्रिडमा पुगेका थिए ।

पछिल्लो समय युभेन्टसले हिगुआइनलाई रिलिज गर्ने तयारी गरिरहेको छ । तर, उनका बुवा जर्जले हालका लागि युभेन्टस नै हिगुआइनको सही गन्तव्य रहेको बताएका छन् । ‘युभेन्टसमा उनको सम्झौता अझै बाँकी छ । तर, यो हिगुआइनको निर्णयमा नै भर पर्नेछ । उनी युभेन्टसमा अझै बस्न चहान्छन् । केही अफवाह फलिएका छन् । त्यसमा कुनै आधिकारिकता छैन ।’ रिभर प्लेटका निर्देशक इन्जोले भने ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.