default_image

5 years ago

May 14, 2020

मार्टिनेज बार्सिलोना बाहेक अन्य क्लब नजाने

103 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका स्टार फरवार्ड लोउटारो मार्टिनेजले क्लबसँग आउदो समरमा बार्सिलोना बाहेक अन्य क्लबको प्रस्ताव नल्याउन आग्रह गरेका छन् । 

२२ वर्षे फरवार्ड क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध नजिक रहँदा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजीले पनि चासो देखाइरहेको छ । तर, मार्टिनेजले म्यानचेस्टर सिटी र पीएसजीको प्रस्तावमा कुनै विचार नगर्न क्लबलाई आग्रह गरेका हुन् । मार्टिनेजले सानसिरोमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

मार्टिनेजले आफ्नो राष्ट्रका सहयात्री लियोनेल मेस्सीसँगै बार्सिलोनामा खेल्ने ठुलो चाहना राखेका छन् । सोही अनुरुप बार्सिलोनाले पनि मार्टिनेजलाई अनुबन्ध गर्न कसरत गरिरहेका छन् । बार्सिलोना र इन्टर मिलान अहिले मार्टिनेजको सम्झौता मुल्य मिलाउन आन्तरिक तयारी गरिरहेका छन् । मार्टिनेजको रिलिज क्लज ९७ मिलियन पाउन्ड रहेको छ । इन्टर मिलान सोही मुल्यमा अडिग रहेको बुझिएको छ ।

पछिल्लो घटनाक्रम अनुसार बार्सिलोनाले इन्टर मिलानलाई दुई खेलाडी र ६० मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको छ । यसमा दुवै क्लब सहमति नजिक पुगिसकिएको बताइएको छ । जसमा आर्टुरो भिडालसँगै नेल्सन सेमिडो र इमर्सनमध्ये एक खेलाडी बार्सिलोनाले इन्टर मिलान पठाउने छ । बार्सिलोनाले विकल्पमा एन्टोइन ग्रिजमनसँग साटफेर गर्न सक्ने सम्भावना पनि छ ।

मार्टिनेजलाई बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरिरहेका उरुग्वेका लुइस सुआरेजको विकल्पमा हेरिएको छ । बार्सिलोनाले मार्टिनेजलाई लामो समयको लागि सम्झौता गर्नेछन् । सुआरेज अमेरिकी मेजर लिग सकर (एमएलएस) जाने चर्चा छ । कोरोना भाइरस (कोभिड–१९) को महाहमारीका कारण आर्थिक संकट सामना गरिरहेपनि बार्सिलोना मार्टिनेजलाई जसरी पनि अनुबन्ध गर्ने योजना बनाएको थियो । मार्टिनेजको विषयमा सहमति नजिक पुगेको बार्सिलोनाको अर्काे योजना आफ्ना पुर्व ब्राजिली स्टार नेयमारलाई क्लबमा फर्काउने रहेको छ ।

मार्टिनेजले यो सिजन इन्टर मिलानका लागि ३१ खेलमा १६ गोल गरेका छन् । जसमा ६ च्याम्पियन्स लिगमा ५ गोल रहेको छ । मार्टिनेज २०१८ मा २० मिलियन पाउन्डमा अर्जेन्टिनी क्लब रेसिङबाट इन्टर मिलान पुगेको थिए । उनको सम्झौता २०२३ जुनसम्म रहेको छ । तर, मार्टिनेजले इन्टर मिलानमा सम्झौता तोड्दै बार्सिलोना जाने मनासयमा छन् ।

March 21, 2025

नेपालले ३६ वर्षपछि सिंगापुरसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। अष्ट्रेलियन प्रशिक्षक म्याट रोसकोलागि यो पहिलो खेल हुनेछ। यसअर्थ उनको लागि आजको खेल विशेष रहनेछ। आफ्नो पहिलो खेलमा सकारात्मक नतिजा निकाल्ने […]

March 21, 2025

साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत भएकी छिन् । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत गर्दा खेलकुदबाट साम्बा पुरस्कृत भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित […]

March 21, 2025

फर्डिनान्डले हस्ताक्षर गरेको जर्सी १ लाख १५ हजारमा विक्री

काठमाडौं (हाम्रो खेलकुद)- इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी अक्सन गराइएको थियो । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बिहीवार ललितपुर सिटी एफसीले जर्सी सार्वजनिक गर्ने कार्यक्रममा जर्सीको बेस प्राइज ५० हजार रुपैयाँ राखिएको थियो । हरेक बिडमा ५ हजार रुपैयाँ थपिँदै गएको थियो । धेरैले […]

Success

Thank you for your time.