5 years ago
May 14, 2020
एजेन्सी – विश्व फुटबलको निकाय (फिफा) ले हरेक वर्ष आयोजना हुदै आएको ‘द बेस्ट’ अवार्ड यो वर्ष नहुने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम नभएपछि फिफाले आगमी सेप्टेम्वरको लागि तय भएको अवार्ड कार्यक्रम रद्द गरिने घोषणा गरेको हो ।
तालिका अनुसार यो वर्षको अवार्ड इटलीमा २३ सेप्टेम्बरमा हुने तालिका थियो । समारोहमा हरेक वर्ष विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिने कार्यक्रम थियो । अवार्ड नै नहुने भएपछि यो वर्षको सुची खाली हुने भएको छ । फिफाले कोरोनाका कारण सबै प्रतियोगिताहरु एकपछि अर्को गरि स्थगित भएको अवस्थामा उत्कृष्ट खेलाडीको अवार्ड आयोजना गर्नु उचित नभएको जनाएको छ ।
विगतका वर्षमा जस्तै यो वर्ष पनि आधुनिक फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोबीच उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो ।
फिफाले कोरोना भाइरसकै कारण यसअघि यु–२० र यु–१७ महिला विश्वकप स्थगित गरिसकेको छ । २०२१ हुने फुटसल विश्वकप पनि स्थगित गरिसकेको छ । अहिलेसम्म फिफाले स्थगित नगरेको प्रतियोगिता क्लव विश्वकप रहेको छ । जुन आबुधावीमा डिसेम्बरमा हुने कार्यक्रम तय छ । यस्तै वर्षको उत्कृष्ट खेलाडीले पाउने युरोपियन गोल्डेन बुट अवार्ड र बालोन डि ओर पनि यो वर्ष नहुने शंका बढेको छ ।
फिफा द बेस्ट अवार्ड २०१६ बाट शुरु भएको हो । द बेस्ट अवार्डको पुरुषतर्फ पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोले दुईपटक तथा अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनेल मेस्सी र क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका लुका मोड्रिचले समान एकपटक यो अवार्ड जितेका छन् ।
रोनाल्डोले पहिलो र दोस्रो संस्करणमा यो अवार्ड जित्दा तेस्रोमा मोड्रिच र चौथोमा मेस्सीले यो अवार्ड आत पार्न सफल भएका थिए । सबै चारै संस्करणमा रोनाल्डो र मेस्सी शीर्ष तीनमा समेटिएका छन् ।
सन् २०१० मा फिफा वर्ल्ड प्लेयर अफ दि इयर र बालोन डिओर मर्ज भएपछि ६ वर्षसम्म फिफा बालोन डिओरबाट अवार्ड प्रदान गरिदै आएको थियो । तर, २०१६ मा पुन: यी दुई अवार्ड अलग भएका थिए । यो अवार्डमा दि बेस्ट फिफा पुरुष खेलाडी, महिला खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, ‘ड्रिम टिम, फेयर प्ले अवार्ड, फिफा पुस्कास अवार्ड फ्यान अवार्ड र आउटस्ट्यान्डिङ करियरको विधामा अवार्ड प्रदान गरिदै आएको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]