5 years ago
May 14, 2020
एजेन्सी – लामो समयदेखि उच्च स्तरको प्रदर्शन गरिरहेका सुपरस्टारद्वय बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोबीच को उत्कृष्ट भन्ने बहस समयमा समयमा चल्ने गरेको छ ।
यसक्रममा लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले पनि उनीहरुको तुलना गरेका छन् । जर्मन प्रशिक्षकले मेस्सीलाई आफ्नो रोजाईमा राखेपनि उनले रोनाल्डो पनि उत्तिकै प्रशंसा गरेका हुन् । ‘मेरो लागि मेस्सी उत्कृष्ट हुन् । तर म रोनाल्डोको धेरै तारिफ गर्न सक्दिन किनकी मैले यसअघि धेरै गरिसकेका छु ,’ क्लोपले भनेका छन् ।
क्लोपले अर्जेन्टिनाका कप्तान मेस्सी र पोर्चुगलका कप्तान रोनाल्डो दुवै रोक्न असम्भव रहेको पनि बताएका छन् । उनले भने, ‘तर मेस्सी जन्मजात नै शारीरिक रुपमा केहि कमजोर छन् । यसका बाबजुद उनले आफ्नो कमजोरीलाई खेलमा हावी हुन् दिँदैनन् । ‘
यदि पूर्ण रुपमा खेलाडीका रुपमा हेर्ने हो भने त्यसका लागि रोनाल्डो भएको पनि क्लोपले बताएका छन् । ‘यदि कोहि उत्कृष्ट खेलाडी हुन छ भने उ सँग रोनाल्डोका जस्तो उचाई, शरीर र गति हुनु पर्दछ,’ उनले थपे, ‘माथिल्लो स्तरको प्रर्दशनले मात्र कोहि व्यवसायिक रुपमा पूर्ण हुन सक्छ ।’
तर, अर्को तर्फ मेस्सीले भने सहज रुपमा सबै काम गर्दै आएको बताएका छन् । ‘मैदानमा म मेस्सीलाई केहि बढी मन पराउँछु । उनले फुटबललाई निकै सहज देखाउँछन्, जुन पक्कै त्यस्तो छैन,’ उनले भने, ‘तर, रोनाल्डो अविश्वसनिय खेलाडी हुन् । को उत्कृष्ट भन्न सहज छैन । यी दुईबीचको एउटा समानता भनेको लामो समय सम्म फुटबल दुनियाँमा उनीहरुको चर्चा हुनेछ ।’
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]