5 years ago
May 13, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो मंगलबार ३२ वर्ष पुगे । कोरोना भाइरसका कारण स्थगित लिग सुचारु हुने तयारी गरिरहँदा मंगलबारदेखि नै प्रशिक्षण पनि सुरु भएको छ ।
कोरोनाका कारण लिग स्थगित हुँदा मार्सेलोलाई केहि फाइदा भने पुगेको छ । चोटका कारण मैदानबाहिर रहेका मार्सेलोले टोलीमा पुनरागमन गर्न उचित समय पाए । रियल बेटिसविरुद्ध खेलमा ह्यामस्ट्र्रीङ चोट बोकेपछि सिजनको अन्त्य गुमाउने पक्का देखिएको थियो । तर उनले आफूलाई लकडाउनको समयमा चुस्त राख्दै प्रशिक्षणमा फर्किएका छन् ।
क्वारेन्टिनको समयमा मार्सेलोले निकै मिहिनेत गरेर पुन: टोलीमा छनोटका लागि तयार भए । ला लिगाका अध्यक्ष जाभिएर टेबासले जुन १२ देखि लिग सुचारु गर्ने लक्ष्य राखेका छन् । मार्सेलो पनि त्यसै लक्ष्यसाथ प्रशिक्षण गरिरहेको रियल म्याड्रिडले सामाजिक संजालमा हालेको भिडियोहरुमा देख्न सकिन्छ । गत बुधबार कोरोना परिक्षणमा सामेल भएका मार्सेलो शारीरिक रुपमा चुस्त देखिएका छन् ।
मार्सेलोले केहि अघिमात्र इन्स्टाग्राममा संदेश दिंदै हाललाई रियल म्याड्रिड छोड्ने कुनै सोच नभएको बताएका छन् । सन् २००६ मा रियल म्याड्रिड आएका मार्सेलो टोलीका दोस्रा कप्तान हुन् । १४ वर्षको बसाइमा मार्सेलोले थुप्रै उपाधि जितेका छन् ।
मार्सेलोले ४ च्याम्पियन्स लिग, ४ ला लिगा उपाधि, ४ क्लब विश्वकप, ४ स्पेनिस सुपर कप तथा ३-३ पटक युरोपेली सुपर कप र कोपा डेल रे उपाधि जितेका छन् । रियल म्याड्रिडका लागि रामोस र उनले २१ उपाधि जित्दा पाको जेन्टोले मात्र बढी उपाधि (२३ ओटा) जितेका छन् ।
मार्सेलो र रियल म्याड्रिडबीच २०२२ सम्म सम्झौता रहेको छ । मार्सेलोको नजर अब रोबर्टो कार्लोसले रियल म्याड्रिडमा राखेको कीर्तिमानमा छ । कार्लोसले रियल म्याड्रिडका लागि ५ सय २७ खेल खेलेका थिए । यो संख्या विदेशी खेलाडीले रियल म्याड्रिडमा खेलेको सर्वाधिक खेल पनि हो ।
मार्सेलो कार्लोसलाई आफ्नो आदर्श खेलाडी मान्ने गर्छन् । मार्सेलो आफैंले पनि रियलको जर्सीमा ५ सय ५ खेल खेलिसकेका छन् । कार्लोसको कीर्तिमानमा पुग्न मार्सेलोले कम्तिमा अर्को सिजनसम्म रियल बस्नै पर्छ । यस सिजन लिगमा ११ खेल र च्याम्पियन्स लिग मात्र बाँकी रहँदा उनले कीर्तिमान तोड्न केहि प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]