5 years ago
May 13, 2020
एजेन्सी – इंग्लिस क्लब न्युक्यासल युनाइटेडले वेल्स तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्टार फरवार्ड ग्यारेथ बेललाई क्लबमा अनुबन्धका लागि आकर्षक प्रस्ताव पेश गर्ने भएको छ ।
पछिल्लो समय रियलमा संघर्ष गरिरहेको अवस्थामा न्युक्यासलले बेललाई आकर्षक प्रस्ताव अघि सारेको हो । न्युक्यासलले ३० वर्षीय बेललाई ५३ मिलियन पाउन्डको प्रस्ताव गर्ने उल्लेख गर्दै प्रिमियर लिगमा फर्काउने योजना बनाएको छ ।
बेल पछिल्लो समय रियलमा खुसी छैनन् । विशेष गरी क्लबका प्रशिक्षक जिनेदिन जिदानसँग बेलको सम्बन्ध राम्रो रहेको छैन । त्यसैले पनि बेल रियल छोड्ने योजनामा छन् । यससँगै बेल अनुबन्धमा न्युक्यासल पनि उभिएको छ । यसअघि बेलकै पुर्व क्लब टोटेनहम र अमेरिकी एमएलएस क्लब इन्टर मियामीले पनि बेलमा चासो देखाइरहेको छ ।
साउदी अरेबियाको सार्वभौम धन कोषले इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासल खरिद गर्ने प्रक्रिया अघि सारिरहेको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गर्न क्लबका मालिक माइक एस्लीसँग सम्झौता गरिसकेको छ ।
साउदीले खरिद गर्ने प्रक्रिया अगाडी बढाएसँगै प्रिमियर लिगले स्वीकृति दिन बाँकी छ । साउदीको लगानी सम्भव भएमा न्युक्यासलले आउदो समरमा खेलाडी अनुबन्धमा ३०० मिलियन पाउन्ड खर्च गर्ने योजना बनाइरहेको छ ।
कोरोना महामारीको कारण रियल म्याड्रिडले केही स्टार खेलाडी बेचेर आर्थिक भार कम गर्ने योजनामा छ । जसमा बेलसँगै हामेस रोड्रिग्वेज लगायतका खेलाडी छन् । बेल २०१३ मा त्यतिबेलाको विश्व कीर्तिमानी मुल्यमा ८६ मिलियन पाउन्डमा टोटेनहम हट्सपरबाट रियलमा पुगेका थिए । उनले रियलमा सबैखाले उपाधि जितिसकेका छन् ।
बेलले यो सिजन रियलका लागि १८ खेलमा ३ गोल मात्रै गरेका छन् । रियलमा हालसम्म बेलले २४९ खेलमा १०५ गोल गरेका छन् । बेलले रियलबाट चारपटक युइएफए च्याम्पियन्स लिग, समान तीनपटक फिफा क्लब विश्वकप र युइएफए सुपर कप तथा समान एकपटक स्पेनिस ला लिगा, कोपा डेल रे र स्पेनिस सुपरकोपा जितेका छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]