5 years ago
May 13, 2020
एजेन्सी – एट्लेटिको म्याड्रिडले युरोपा लिग जितेको यो मंगलबार १० वर्ष पुरा भएको छ । थप समयमा फुलह्यामलाई २–१ ले हराउँदै एट्लेटिको च्याम्पियन बनेको थियो । टोलीलाई जित दिलाउन दुवै गोल डिएगो फोर्लानले गरेका थिए ।
फोर्लान अहिले ४१ वर्षका भए । उनी अहिले पेनारोलको प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । त्यो उनको युवा अवस्था हुँदाको क्लब पनि हो । तर, उनले स्पेनिस टोलीलाई दश वर्षअघि दिलाएको त्यो सफलतालाई स्मरण गरेका छन् ।
‘फुलह्यामविरुद्ध खेलेको त्यो युरोपा क्लबको फाइनल एट्लेटिको बस्दाको सबैभन्दा उत्कृष्ट समय थियो,’ उनले स्मरण गरे, ‘मलाई अहिले पनि सम्झना छ हामी नियमित समयमा नै जितका लागि केहि हद सम्म हकदार थियो । ‘
उनले आफुलाई खेल पेनाल्टीमा पुगेको भने खासै मन नपर्ने बताएका छन् । ‘थप समयमा गएपनि म पेनाल्टीमा नजाओस् भन्नेमा थिए ,’ उनले भने, ‘कतिपय अवस्थामा ९० मिनेट भित्र जितको हकदार भएपनि पेनाल्टीमा पुग्दा अन्त्यमा हारिएको हुन्छ । म त्यस्तो अन्त्य चाहँदैन थिएँ ।’
फोर्लानको नायकत्वमा एट्लेटिकोले सफलता प्राप्त गरेपछि उनी समर्थकका बीचमा लोकप्रिय बने । ‘त्यो सामूहिक उपलब्धी थियो । कसले गोल गर्यो त्यो महत्वपूर्ण होइन । महत्वपूर्ण भनेको हामीले जित्नु थियो । थप समय सकिनु ३ मिनेट अघि हामी गोल गर्न सफल भयौं,’ उनले भने, ‘सहर नै रातो र सेतो हुँदा मेरो ध्यान तानिएको थियो । मलाई त्यो क्षण निकै मन पर्यो । ‘
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]