5 years ago
May 13, 2020
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलान अर्जेन्टिना फरवार्ड लोउटारो मार्टिनेजको बार्सिलोना प्रस्थानको विषयमा सहमति नजिक पुगेको छ ।
बार्सिलोनाले मार्टिनेजको लागि इन्टर मिलानलाई दुई खेलाडी र ६० मिलियन पाउन्ड दिन सहमत भएको बुझिएको छ । सहमति अनुसार बार्सिलोनाले मार्टिनेजलाई ६० मिलियन पाउन्ड र २ खेलाडी दिनेछन् । आर्टुरो भिडालसँगै नेल्सन सेमिडो र इमर्सनमध्ये एक खेलाडी बार्सिलोनाले इन्टर मिलान पठाउने सहमति भएको छ ।
बार्सिलोनाले मार्टिनेजलाई ४ बर्षका लागि अनुबन्ध गरिएको बुझिएको छ । यस विषयमा बार्सिलोनाले अर्काे साता घोषणा गर्न सक्नेछ ।
कोरोना भाइरस (कोभिड–१९) को महाहमारीका कारण आर्थिक संकट सामना गरिरहेपनि बार्सिलोना मार्टिनेजलाई जसरी पनि अनुबन्ध गर्ने योजना बनाएको थियो । मार्टिनेजको विषयमा सहमति नजिक पुगेको बार्सिलोनाको अर्काे योजना आफ्ना पुर्व ब्राजिली स्टार नेयमारलाई क्लबमा फर्काउने रहेको छ ।
मार्टिनेज २०१८ मा अर्जेन्टिनी क्लब रेसिङबाट २० मिलियन पाउन्डमा इन्टर मिलान पुगेका थिए । २२ वर्षीय मार्टिनेजले यो सिजन इन्टर मिलानका १६ गोल गरेका छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]