5 years ago
May 12, 2020
एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार आर्लिङ ब्राउट हालान्डका पुर्व प्रशिक्षक अल्फ इंग्भ बर्नस्टनले हालान्ड स्पेनिस महारथी रियल म्याड्रिडका लागि खेल्ने तयार रहेको बताएका छन् ।
बर्नस्टनले हालान्डलाई बार्न एफकेमा प्रशिक्षण दिएका थिए । जहाँ हालान्डले आफ्नो फुटबल कला सिकेका थिए । बर्नस्टनले अब यि फरवार्ड ठुला क्लबबाट खेल्न सक्ने भएको विश्वास गर्दै उनी स्पेनिस क्लब रियल म्याड्रिडमा खेल्न तयार रहेको बताएका छन् ।
‘यदि म विश्वको सर्वश्रेष्ठ कुनै पाँच क्लबमध्ये एकको प्रशिक्षक भएको भए हालान्डलाई तुरुन्त हस्ताक्षर गर्ने थिएँ ,’ बर्नस्टनले भने, ‘मलाई लाग्छ हालान्ड रियल म्याड्रिडका लागि खेल्न तयार छ । मलाई लाग्छ उनी रियलमा सफल हुन सक्छन् ।’
‘अर्लिङ मात्रै १९ वर्षका छन् । उनले अझै आफ्नो खेलका सबै पक्षमा थप निखारता ल्याउन सक्दछ । यि स्टारलाई अनुबन्ध गर्न नसक्ने क्लबहरु पछुताउनेछन्,’ बर्नस्टनले थपे ।
हालान्डलाई अनुबन्ध गर्न रियल म्याड्रिडले ७५ मिलियन पाउन्ड खर्च गर्ने योजना बनाइरहेको छ । हालान्डको रिलिज क्लज ६५ मिलियन पाउन्ड छ । तर, २०२२ सम्म उनको मूल्य यतिमा मात्रै सीमित हुने छैन । हालान्डलाई रियलमा करिम बेन्जेमाको उत्तराधिकारीको रुपमा हेरिएपनि उनीहरुले सँगै खेल्ने सक्ने प्रशिक्षक बर्नस्टनले बताएका छन् ।
‘अर्लिङ शारीरिक रुपमा बलियो र निकै छरिता छन् । उनीसँग टेक्निक र उच्च मानसिकता पनि छ । उनी आफ्नो क्षेत्रमा निकै चतुर छन् । उनले धेरै गोल गर्नुका साथै गोलका लागि उत्तिकै सहयोग दिन सक्नेछन्,’ बर्नस्टनले भने, ‘त्यसैले मलाई लाग्छ कि हालान्डले बेन्जेमासँगै अन्य स्ट्राइक र आफु एक्लै पनि खेल्न सक्छन् ।’
१९ वर्षीय हालान्ड गत जनवरीमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमन्ड पुगेका थिए । डर्टमन्डमा सनसनीपुर्ण प्रदर्शन गरिरहेका हालान्डले कोरोना भाइरसका कारण विश्व खेलकुद गतिविधि स्थगित हुनुअघि ११ खेलमा १२ गोल गरिसकेका छन् । गोल मेसिनको रुपमा अघि बढिरहेको हालान्डले यो सिजन उनले ३३ खेलमा ४० गोल गरेका छन् । जसमा १० गोल च्याम्पियन्स लिगमा मात्रै रहेको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]