5 years ago
May 12, 2020
एजेन्सी – स्विडिस फरवार्ड ज्लाटन इब्रहिमोभिच इटाली फर्केलगत्तै कवारेन्टिनमा बस्नुपर्ने भएको छ । कोरोना संक्रमणका कारण इटालियन लिग स्थगित भएपछि उनी आफ्नै राष्ट्र स्विडेन फर्केका थिए ।
स्विडेनमा कडा लकडाउन कार्यान्वयन नभएका कारण इब्राले त्यहाँ स्थानीय क्लब हम्मार्बीमा प्रशिक्षण गरेका थिए । स्टकहममा रहेको उक्त क्लबमा ज्लाटनले गतवर्ष मात्र २५ प्रतिशत शेयर खरिद गरेका थिए । उनले स्विडेनमा रहँदा हम्मार्बीकै पुरुष र महिला टोलीसँग प्रशिक्षण गरेका थिए । उनले एक प्रशिक्षण खेलमा पनि सहभागिता जनाएका थिए । त्यसैले कुनै खतरा नहोस भनेर मिलानमा प्रशिक्षण गर्नुअघि उनी क्वारेन्टिनमा बस्ने भएका छन् ।
उमेरले ३८ वर्ष पुगेपनि ज्लाटनले लगातार शीर्ष श्रेणीको फुटबल खेलिरहेका छन् । उनले आफ्नो करीअरको अन्त्य आफ्नै क्लब हम्मार्बीबाट खेल्दै अन्त्य गर्ने सम्भावना पनि रहेको छ । आफ्नै लगानी रहेको क्लबमा उनले खेल्न सक्ने सम्भावना रहेको खेलकुद निर्देशक जेस्पर जान्सनले बताए ।
‘ यसको उत्तर मात्र ज्लाटनसँग छ । उनले यकिन यस्तै गर्ने भनेर भनेका छैनन् । मैले सोध्नुपर्छ भन्ने पनि होइन तर मलाई आशा छ उनले यहाँ खेल्नेछन् । उनलाई पनि थाहा छ हामीलाई उनको जरुरत छ,’ जान्सनले भने ।
मिलानसँगै अन्य क्लबहरुको पूर्ण प्रशिक्षण अर्को सोमबारदेखि सुरु हुँदैछ । हाल क्लबहरुले व्यक्तिगत रुपमा प्रशिक्षण सुचारु गरिरहेका छन् । इब्रा आफैंले पनि गत साता हाललाई मिलनसँग सम्झौता पूरा गरेर मात्र भविष्यबारे सोच्ने बताएका छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]