5 years ago
May 12, 2020
एजेन्सी – बार्सिलोनामा अपार सफलता हासिल गरेपछि युरोपका अन्य क्लबमा पनि लगातार उपाधि जितिरहेका प्रशिक्षक पेप गुआर्डीओलालाई बार्सिलोना फर्काउने पूर्व अध्यक्ष जोआन लापोर्टाले बताएका छन् ।
यसअघि आफ्नै कार्यकालमा लापोर्टाले गुआर्डीओलालाई क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए । सन् २००३ देखि २०१० सम्म क्लबको अध्यक्ष रहेका लापोर्टाले क्लबमा निकै सफलता हासिल गरेका थिए । उनले पुन: क्लबको अध्यक्ष पदका लागि अर्को चुनावमा उठ्ने तयारी गरिरहेका छन् ।
गुआर्डीओलाले सन् २००८ देखि २०१२ को अन्तरमा बार्सिलोनालाई युरोपकै सर्वाधिक सफल क्लब बनाएका थिए । यसदौरान क्याटलान क्लबले ३ पटक ला लिगा र २ पटक च्याम्पियन्स लिग जित्दै कुल १४ ओटा उपाधि आफ्नो पोल्टामा पारेको थियो । क्लबले २ ओटा कोपा डेल रे तथा २ पटक क्लब विश्वकप उपाधि पनि जित्यो ।
सन् २०१२ मा बार्सिलोना छाडेपछि उनले जर्मन क्लब बायर्न म्युनिखमा जिम्मेवारी सम्हाले । त्यहाँ लगातार तीन पटक जर्मन बुन्डेसलिगा जितेपछि म्यानचेस्टर सिटीमा पनि उनले लय जारि राखे । प्रिमियर लिगमा उनले इतिहास रच्दै दुई पटक लिग उपाधि जितिसकेका छन् ।
लापोर्टाले सन् २००८ मा जोसे मोउरिन्हो उपलब्ध हुँदाहुँदै गुआर्डीओलालाई प्रशिक्षकको जिम्मेवारी दिएका थिए । त्यसबेला उनको निर्णयलाई लिएर खुब आलोचना पनि भएको थियो । तर गुआर्डीओलाले उनीमाथि राखेको विश्वासमा खरो उत्रंदै बेग्लै इतिहास रचे ।
लापोर्टाले अब आफू अध्यक्ष भएमा पुन: गुआर्डीओलालाई बार्सिलोना ल्याउने बताएका छन् । ‘ म गुआर्डीओलालाई फिर्ता बोलाउन चाहन्छु । अहिले उनि सिटीमा छन् र उनको निर्णयमा भर पर्छ । उनी बार्सिलोनाका पहिचान हुन् र धेरैले उनलाई फिर्ता चाहन्छन्,’ लापोर्टाले भने ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]