5 years ago
May 12, 2020
एजेन्सी – फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का दुई स्टार ब्राजिली नेयमार र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले यसै सिजन पेरिस छाड्ने चर्चा चलिरहेको बेला टिमका सहयात्री एन्डर हरेराले उनीहरु यो सिजन पीएसजीमै रहने बताएका छन् ।
गएको वर्षदेखि नै नेयमार र एमबाप्पेलाई अनुबन्धको लागि युरोपका चर्चित क्लबहरु बार्सिलोना, रियल म्याड्रिड र लिभरपुलले चासो देखाइरहेका छन् । ब्राजिली नेयमार बार्सिलोनासँग एकदमै नजिकिएको र बार्सिलोना पनि नेयमारलाई फर्काउन आतुर छ । यता, रियलले यो सिजन असम्भव जस्तै रहेकाले अर्काे सिजन एमबाप्पेलाई अनुबन्ध गर्न योजना बनाइरहँदा लिभरपुलले एमबाप्पेलाई मोटो रकम खर्चने तयारी गरिरहेको छ ।
बिकराल आर्थिक अवस्थाका कारण एमबाप्पे र नेयमारले फ्रान्स नछाड्ने आधारहरु रहेकाले दुवै जना आगमी सिजन क्लबमै देखिने हरेराले बताएका छन् । ‘नेयमार र एमबाप्पे फ्रान्समा रहन्छन् र अर्को सिजन पिएसजीबाटै खेल्नेछन् । मैले लकडाउनअघि नेयमारसँगै डिनर गरेको थिए । उनले अहिले पीएसजीमा एकदमै खुसी रहेको बताएका थिए । त्यसैले पिएसजीले यसै सिजन नेयमार र एम्बाप्पेलाई बेच्न सक्दैन । हल्लाको पछि लाग्नु हुँदैन, अहिले दुवैको स्थानान्तरण सम्भव देखिँदैन । उनीहरु दुवैजना प्रशिक्षक थोमस टचेलसँग खुसी छन्,’ हेरेराले भने ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण फुटबल क्लबहरु आर्थिक संकटको सामना गरिरहेको बेला उनीहरुको स्थानान्तरणको हल्ला चलेपनि दुबै खेलाडीले एकैपटक क्लब छाड्ने सम्भावना न्युन छ । नेयमार २०१७ मा बार्सिलोनाबाटै विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा पिएसजीमा अनुबन्धित भएका थिए । त्यहाँ गएको सिजन देखि नै नेयमार पीएसजीमा खुसी हुन नसकेको समाचारले सञ्चार माध्यममा स्थान पाएको थियो ।
यता, एमबाप्पेले पनि आफ्नो सम्भावित ट्रान्सफरलाई बलियो बनाउन पीएसजीसँग आफ्नो रिलिज क्लज मागेका छन् । एमबाप्पे पनि २०१७ मै फ्रेन्च क्लब मोनाकोबाट पीएजसी पुगेका थिए । कोभिड १९ अघि एमबाप्पेको रिलिज क्लज २५० मिलियन पाउन्ड हुन सक्ने आँकलन गरिएपनि पीएसजीले नेयमार बराबरकै प्रतिसाता ६ लाख पाउन्डको प्रस्तावसहित एमबाप्पेलाई क्लबमै राख्ने प्रयासमा छन् । एमबाप्पे पनि यसमा खुसी रहेको र पीएजसीमै बस्ने अनुमान गरिएको छ । कोरोनाका कारण फ्रेन्च लिग वान रद्ध भएपछि एक साता अघि नै पिएसजीलाई विजेता घोषणा गरिसकेको छ ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]