5 years ago
May 11, 2020
एजेन्सी – विश्वभर फैलिरहेको कोरोना महामारीका कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग सुचारु गर्न बेलायत सरकारले आवश्यक स्विकृती प्रदान गरेको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार कोरोना भाइरसका कारण लगाइएको लकडाउन सहज बनाउन प्रस्तुत योजनामा खेलकुद गतिविधि आयोजना गर्न सहज वातावरण बनाउने उल्लेख गरिएको छ । जुन १ पछि बन्द रंगशालामा टेलिभिजन प्रशारण गर्नका लागि खेलकुद गतिविधि गर्न पाइने सरकारले जनाएको छ । यससँगै गत मार्च १३ देखि स्थगित रहेको प्रिमियर लिग सुचारु हुने सम्भावना बढेको छ ।
प्रिमियर लिगमा अब मात्र ९२ खेल बाँकी छ । लिगको शीर्षस्थानमा लिभरपुल २५ अंकको अग्रतासहित उपाधिनजिक छ । मात्र दुई खेल जितेको खण्डमा लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्नेछ । रेलिगेसन क्षेत्रमा भने निकै प्रतिस्पर्धा रहेका कारण घटुवा हुने टोली छिनोफानो गर्न केहि समय लाग्नेछ ।
प्रिमियर लिगका टोलीहरुले हाल व्यक्तिगत तथा सानो समूहमा प्रशिक्षण सुचारु गरिरहेका छन् । केहि दिनका नै क्लबहरुको बैठकले लिग सुचारु हुने मिति तय गरेपछि पूर्ण प्रशिक्षण सुरु गरिने बुझिएको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]