default_image

5 years ago

May 11, 2020

औवामियाङमा रियलको चासो

99 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड गावोन तथा इंग्लिस क्लब आर्सनलका कप्तान पिएरे इम्रिक औवामियाङ अनुबन्ध नजिक पुगेको छ । रियल सेन्टर फरवार्ड औवामियाङलाई क्लबमा अनुबन्ध गर्न निकै चासो देखाइरहेको छ ।

रियलले फरवार्ड औवामियाङबारे निर्णय गर्न आर्सनललाई १५ जुनसम्मको समयसीमा तोकेको छ । औवामियाङको आर्सनलमा सम्झौता यो समरसँगै सकिदैछ । क्लब अहिले प्रिमियर लिगको नवौं स्थानमा रहेका कारण च्याम्पियन्स र युरोपा लिग खेल्ने सम्भावना न्युन रहेका कारण पनि औवामियाङले आर्सनल छाड्न सक्नेछन् । औवामियाङको चाहना च्याम्पियन्स लिग खेल्ने र कम्तीमा पनि युरोपा लिग खेल्ने धोको छ । आर्सनल चौथो स्थानको चेल्सीभन्दा १८ अंकले पछि छ ।

त्यसैले पनि रियल औवामियाङलाई अनुबन्ध गर्न सफल हुनेमा आशावादी छन् । रियल र आर्सनलबीच औवामियाङको विषयमा केही सातामा नै निष्कर्षमा पुग्न सक्ने छ । औवामियाङलाई अनुबन्ध गर्न नसकेको खण्डमा रियलले अन्य सेन्टर फरवार्डको खोजीमा जुट्नेछ । रियलले आर्सनलबाटै लोनमा खेलिरहेका ड्यानी सेवालसलाई स्थायी रुपमा रियलमा बेच्दै औवामियाङलाई क्लबमा ल्याउन सक्नेछ ।

सेवालेसले आर्सनलमा उत्कृष्ट समय बिताइरहेका छन् । स्पेनिस मिडफिल्डर सेवालसले यो सिजन आर्सनलका लागि २४ खेल खेलेका छन् ।रियलले ला लिगामा यो सिजन २७ खेलमा मात्रै ४९ गोल गरेका छन् । रियलमा अहिले सेन्टर फरवार्डको रुपमा करिम बेन्जेमा मात्रै रहेका छन् । बेन्जेमाले १४ गोल गरेका छन् ।

२०१८ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट आर्सनल आएका ३० वर्षीय औवामियाङले यो सिजन ३२ खेलमा २० गोल गरेका छन् । रियलले औवामियाङ अनुबन्धको लागि बार्सिलोना, म्यानचेस्टर युनाइटेड, चेल्सी र इन्टर मिलानसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.