default_image

5 years ago

May 10, 2020

कफिन डान्सरको इच्छा मेस्सी, म्याराडोना र रोनाल्डिन्होको अन्त्यष्टि गर्ने

209 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय सामाजिक संजालमा एक भिडियो निकै चर्चित छ । अफ्रिकी राष्ट्र घानाको यस भिडियोमा मृत्युपछि गरिने अन्त्यष्टिमा सुटबुट लगाएका केहि मानिसले गित संगीतमा कफिनसहित नाच देखाउने गर्छन् ।

घानाका बेन्जामिन आइदोले सन् २००७ मा यसको सुरुवात गरेका थिए । उनले नाना ओताफ्रिजा पलबिअरिङ एण्ड वेटिङ सर्भिसेस नामक कम्पनि खोलेर अन्त्यष्टि गर्नेबेलामा मानिसको जीवनबाट बिदा हुँदा दुख नभई खुसी मनाउनु पर्ने सोच बनाए । आइदोले संगीत र नृत्यको प्रस्तुतिसँगै अन्त्यष्टि गर्ने परम्परा कायम गरे । सामाजिक संजालमा केहि महिनाअघि भिडियो भाइरल भएपछि आइदो पनि चर्चामा आएका छन् ।

यिनै आइदोले फुट मर्साटोसँग अन्तवार्ताका क्रममा आफ्नो अनुभव साटेका छन् । ‘ विगतको तुलनामा अहिले मान्छे कम रुने गरेका छन् । हामीले मानिसले संसार छाडेपछि दुख मान्ने होइन, बरु उनीहरुको जिन्दगिको खुसी मनाउनुपर्छ भन्ने ठानेका हौँ । केहि मानिस अझै रुन्छन्, तर हामी उनीहरुलाई हसाउन चाहन्छौं । जे हुनु भैसक्यो,’ उनले भने ।

खेलकुदमा निकै रुची राख्ने आइदो क्याटलान क्लब बार्सिलोना र चेल्सीका समर्थक हुन् । उनलाई कुन खेलाडीको अन्त्यष्टि गर्न इच्छा छ भनेर सोध्दा उनको जवाफ यस्तो थियो । ‘म खेलाडीहरुको लामो आयुको कामना गर्दछु । तर यदि कुनै खेलाडीको अन्त्यष्टिमा हामी सरिक हुन पाउँछौं भने रोनाल्डिन्होको अन्तिम संस्कारमा सहभागी हुन चाहन्छु । त्यसपछि म्याराडोना अनि मेस्सीको पनि,’आइदोले भने ।

‘ रोनाल्डिन्हो मलाई सधैं मनपर्ने खेलाडी हुन् । उनले मैदानभित्र नाच नै देखाउँथे, र म पनि आफ्नो नाचसँगै उनलाई सम्मानपूर्वक बिदा गर्न पाउँथे,’ उनले थपे ।

आइदो बार्सिलोनाका समर्थक भएपनि उनी लुइस सुआरेजसँग खुसी साट्न भने केहि कठिन मान्छन् । सुआरेजले सन् २०१० को विश्वकप क्वाटरफाइनलमा घानाविरुद्ध गोललाइनमा हातले बल रोकेपछि घानाको यात्रा रोकिएको थियो ।

‘म यस विषयमा विभाजित छु । मलाई कहिले काहिँ नराम्रो पनि लाग्छ । जब सुआरेजको नाम सुन्छु, म यसै दुखी हुन्छ,’ आइदोले सुनाए, ‘ सुआरेजको कारण नै घानाले विश्वकपको सेमिफाइनल खेल्न पाएन । त्यो निकै दुखद समय थियो ।’

‘ सुआरेज शब्द नै घानामा फरक अर्थ राख्ने शब्द भएको छ । हामी सुआरेज भन्नाले असम्भव भन्ने बुझ्छौं । यदि कसैले केहि चाहन्छ अथवा कतै पुग्न चाहन्छ र त्यहाँ सुआरेज छ भने बुझ्नुस त्यो सफल हुन सक्दैन,’ उनले थपे ।

सुआरेजले विश्वकपमा ह्यान्डबल गरेपछि घानाले अन्तिम समयमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी गोलमा परिणत गरेको भए घाना सेमिफाइनल पुग्थ्यो । तर आसमोह जियानले उक्त पेनाल्टी चुकाए । त्यसपछि भएको टाइब्रेकरमा उरुग्वे विजयी रहेको थियो । जियान घानाको सर्वाधिक गोलकर्ता बन्दै थुप्रै सफलता हात पारेपनि आजसम्म आइदोले उनलाई माफ दिएका छैनन् ।

‘छैन, हामीले उनलाई माफी दिएका छैनौँ । र याद राख्नुहोस हामीले उनलाई माफी दिने पनि छैनौं,’ उनले भने, ‘ उनले पेनाल्टी चुकाएको दिन धेरै समर्थक उनको घर पुगेर परिवारलाई गालि गरे । त्यसले गर्दा उनको आमाको स्वास्थ्यमा पनि समस्या आयो । ‘

‘ जियानको आमाले त्यसपछि उनलाई कहिल्यै पेनाल्टी नलिना भनेकी छिन् । त्यसैले पनि अब जियानले कहिल्यै पेनाल्टी हान्ने छैनन् । उनको ८० वर्षकी आमाकै लागि भएपनि जियानले अब घानाका लागि पेनाल्टी प्रहार गर्ने छैनन् ।’

यस्तो हुन्छ कफिन डान्स :

घाना र उरुग्वेको विश्वकप खेल :

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.