5 years ago
May 11, 2020
एजेन्सी – ब्राजिलियन महान खेलाडी रोनाल्डो नाजारियो आफ्नो खेल जीवनमा दुई पटक बालोन डी ओर उपाधि जिते । उनको नजरमा भने ५ खेलाडी बालोन डी ओरका हकदार थिए जसले उक्त सफलता हात पार्न सकेनन् ।
आफ्नो समयमा ब्राजिललाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो ती पूर्व फुटबल स्टारहरुमाथि अन्याय भएको बताएका छन् । उनको नजरमा इटालीका अलेसान्द्रो डेल पिएरो, फ्रान्सिस्को टोटी र पाउलो माल्दिनी तथा राउल गोन्जालेज र रोर्बेटो कार्लोसले बालोन डी ओर जित्नुपर्ने थियो ।
उनकै ब्राजिलियन पूर्व सहकर्मी कार्लोस बालोन डी ओरमा दुई पटक रोनाल्डो भन्दा पछि परेका थिए । डेल पियरो सँगको कुराकानीमा रोनाल्डोले भने, ‘मलाई लाग्छ उनीहरु बालोन डी ओर पाउन हकदार खेलाडी हुन् । विश्वकप जित्दा होस् या रियल म्याड्रिड, उनले राम्रो प्रदर्शन गरेका थिए । ‘
स्पेनिस फरवार्ड राउल एक पटक सन् २००१ बालोन डी’ओर उपाधिको नजिक पुगेका थिए । त्यति बेला लिभरपुलका माइकल ओवनले रियल म्याड्रिडका कप्तान राउललाई पछि पार्दै उपाधि जितेका थिए । इटालीका महान डिफेन्डर माल्डिनी पनि दुई पटक उपाधिको नजिक पुगेका थिए । इटालीकै फरवार्डद्वय डेल पिएरो र टोटी भने कहिल्यै मनोनयमा परेनन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]