5 years ago
May 10, 2020
एजेन्सी – विश्व प्रसिद्ध इंग्लिस प्रिमियर लिग सुचारु हुने तयारी भइरहेको बेलामा क्लब ब्राइटन होभ अल्वियोनका तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्लबका सिइओ पउल बार्वरले शनिबार गरिएको परिक्षणमा एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
नाम नखुलाइएका उक्त खेलाडी अब १४ दिने सेल्फ आइसोलेसनमा रहने छन् । ब्राइटनका अर्काे खेलाडीमा पनि कोरोना पुष्टि भएपछि स्थगित भएको इंग्लिस प्रिमियर लिग पुनः सुचारु हुनेमा आशंका पैदा भएको छ । यसअघि मार्च २६ र अप्रिल २ मा क्लबका दुई खेलाडीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । क्लबका सिइओ पउल बार्वरले एक साताको अवधिमा सुरक्षित हुने उपाय अपनाइरहेको र सोही अनुरुप प्रशिक्षण थाल्नु अघि सबै खेलाडीको कोरोना परिक्षण गरिरहेको छ ।
लिग सुचारु र न्युट्रल भेन्युमा खेल्ने विषयमा प्रिमियर लिगका २० क्लबका सेयर होल्डरका सोमबार छलफल हुँदैछ । टिमहरुले १८ मे बाट प्रशिक्षणको सम्भावित हुने मिति हुन सक्ने आँकलन गरिएको छ । सिइओ बार्वरले त्यहाँ चिन्ता हुनु स्वाभविक रहेको र यि बाधा अड्चनका बीच पनि सुरक्षित र सकेसम्म जोखिम न्युनिकरण गर्ने कार्यमा अघि रहेको बताएका छन् । ब्राइटन अहिले प्रिमियर लिगको १५औं स्थानमा रहेको छ ।
प्रिमियर लिग १३ मार्चदेखि स्थगित भएको थियो । लिगमा यस सिजन ९२ खेल खेल्न बाँकी छ । यो सिजन लिभरपुल ३० वर्षपछि लिग उपाधिनजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । अबको दुई खेलमा जित हात पारे लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्नेछ ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]