default_image

5 years ago

May 10, 2020

पीएसजीमै बस्ने काभनीको चाहना

88 views

0 Bookmark

एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभनीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने चाहना राखेका छन् ।  पछिल्लो समय इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा जाने चर्चा चलेपनि काभनीले पीएजसीमै बसाई लम्ब्याउन चाहेका हुन् ।

काभनी गत जनवरीमा इंग्लिस क्लब चेल्सीमा जाने चर्चा चलेपनि उनी अन्ततः पीएसजीमा रहेका थिए । काभनीको सम्झौता यसै समरसँगै सकिदैछ । तर, एल इक्विपका अनुसार जनवरीमा टोलीसँगै समावेश भएपछि काभनीको मन परिवर्तन भएको र पीएसजीमै सम्झौता लम्ब्याएर बस्ने मनासय बनाएको देखिन्छ ।

पीएसजीका निर्देशक लियोनार्दाेले कोरोना महामारीको कारण आर्थिक मन्दीलाई ध्यानमा राखेर काभनीलाई टोलीमै राख्ने योजना बनाइरहेको छ । क्लबले आर्थिक संकटलाई ध्यानमा राखेर आउदो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्चने योजना बनाएको छैन । इन्टर मिलानबाट लोनमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई स्थायी रुपमा अनुबन्ध गनुभन्दा पीएजसीले काभनीको सम्झौता लम्ब्याउदै ६० मिलियन पाउन्ड बचाउन सक्नेछ ।

काभनीले यो सिजन पीएसजीका लागि २२ खेलमा ७ गोल गर्नुका साथै तीन असिस्ट दिएका छन् । २०१३ को सिजन देखि पीएजसीमा रहेका ३३ वर्षे काभनीले पीएसजीका लागि ३०० खेलमा २०० गोल गरेका छन् ।

कोरोना महामारीको कारण फ्रेन्च लिग वान रद्ध भइसकेको छ । फ्रान्स सरकारले नै आगमी सेप्टेम्वरसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि फ्रेन्च लिग आयोजकले दुई साताअघि शीर्षस्थानमा रहेको पीएसजीलाई लिग वानको च्याम्पियन घोषणा गरिसकेको छ ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.