5 years ago
May 10, 2020
एजेन्सी – प्रशिक्षणमा फर्केको दोस्रो सेसनमै बार्सिलोनाका सामुइल उम्टिटी घाइते भएका छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएपछि युरोपियन फुटबल स्थगित भएको थियो । स्पेनिस लिग सुरु हुने मिति तय भइनसकेपछि प्रशिक्षण भने सुरु भएको थियो ।
बार्सिलोनाको दोस्रो सेसनमा उम्टिटी घाइते भएका छन् । सन् २०१६ मा बार्सिलोना पुगेका उम्टिटीले त्यसयता अनेक कारणले सबै खाले प्रतियोगितामा गरि ५८ खेल गुमाइसकेका छन् । उनको मुख्य समस्या भनेको घुँडाको चोट रहने गरेको छ ।
उम्टिटीको दायाँ खुटाको पिडौलामा चोट लागेको उल्लेख गर्दै क्लबले उनी चाँडै उपलब्ध हुने विश्वास गरेको छ । बार्सिलोनाले अर्को सिजनका लागि विक्री गर्ने खेलाडीको सुचीमा उनलाई पनि राखेको बताइएको छ । पटक पटकको चोटका कारण उनले आफ्नो लयमा प्रदर्शन गर्न सकेका छैनन् । यो सिजन उनले १६ खेल मात्र खेलेका छन् ।
बार्सिलोनाले उनलाई विक्री गर्ने वा अन्य कुनै खेलाडीसँग सट्टा गर्ने योजना बनाएको छ । चोटको खतरा कम गराउनका लागि बार्सिलोनाले प्रशिक्षणमा सचेतना अपनाएको छ । विस्तारै प्रशिक्षणलाई कडा बनाउँदै लगिने योजना रहेको बताइएको छ । आइतबार भने प्रशिक्षण हुने छैन ।
March 20, 2025
एजेन्सी – सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको खेलमा बुधवार भारतले माल्दिभ्सलाई ३-० ले हराएको छ। भारतलको सिलङ मेघालयस्थित जवाहरलाल नेहरू स्टेडियममा खेलेको मैत्रीपूर्ण खेलमा आयोजकका लागि सुनिलसहित राहुल भेके, लिस्टन कोलासोले गोल गरे। ३५औं मिनेटमा राहुलले कर्नरबाट आएको बलमा हेडरमार्फत पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए। ६६औं मिनेटमा लिस्टनले अर्को हेडर गोल गर्दै भारतको […]
March 19, 2025
सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]