9 years ago
August 4, 2016
आज भएको ईन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत अमेरिकाको बिभिन्न शहरमा भएको खेलमा चेल्सीले एसी मिलानलाई ३-१ले पराजित गर्यो भने रियल ले जर्मन च्याम्पियन म्युनिखलाई १-०ले पराजित गरेको छ ।
MINNEAPOLIS, MN – AUGUST 03: Oscar of Chelsea celebrates scoring his second and his sides third goal during the 2016 International Champions Cup match between Chelsea and AC Milan at U.S. Bank Stadium on August 3, 2016 in Minneapolis, Minnesota. (Photo by Darren Walsh/Chelsea FC via Getty Images)
आज भएको पहिलो खेलमा रियल म्राड्रीड्ले जर्मन च्याम्पियन म्युनिखलाई १-०ले पराजित गर्दा ड्यानीलो नायक सबित भए । पहिलो हाल्फमा कुनै पनि गोल नभएको खेलमा ७९औं मिनटमा ड्यानिलोले खेलको एकमात्र गोल गर्न सफल भएका थिए ।
आज भएको दोस्रो खेलमा चेल्सीले एसी मिलानलाई ३-१ले पराजित गरेको थियो । खेलको २४औ मिनटमा बर्ट्रान्ड ट्राओरेले गोल गर्दै चेल्सीलाई आग्रता दिलाए पनि ३८औं मिनटमा बोनाभेन्टुराले गोल गर्दै खेल पहिलो हाल्फ १-१मा अन्त्य गराएका थिए । दोस्रो हाल्फमा ओस्कारले दुई गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए ।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]