5 years ago
May 9, 2020
एजेन्सी – लिग वानका गोल्डेन बुट विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले मोनाकोका विसम बेन याडेरसँग ट्रफी सेयर गर्नु पर्ने धारणा राखेका छन् । दुवैले लिग वानमा यो सिजन समान १८ गोल गरेका थिए ।
कोरोना भाइरसका कारण लिग वान लगायत विश्वका अधिकांश लिग स्थगित भएका थिए । लिग वानलाई त्यहि अन्त्य गर्दै पिएसजीलाई विजेता घोषित गरिएको थियो । तर समान गोल गर्नका बाबजुद एमबाप्पलाई गोल्डन बुटको विजेता घोषणा गरिएको थियो । एमबाप्पेलाई गोल्डन बुट प्रदान गर्नुको कारण उनले ओपन प्लेमा गरेको गोल संख्यालाई मानिएको छ । जबकी बेन याडेरले पेनाल्टीबाट ३ गोल गरेका थिए ।
एमबाप्पले ट्विट गर्दै बेन याडेर पनि उपाधिको हकदार भएको उल्लेख गर्दै गत सिजन प्रिमियर लिगको उदाहरण प्रस्तुत गरेका थिए । प्रिमियर लिगमा गत सिजन मोहम्मद सलाह, साडियो माने र पिएर इम्रिक औबामेयाङले संयुक्त रुपमा गोल्डन बुट अवार्ड जितेका थिए । उनीहरुले समान २२ गोल गरेका थिए ।
एमबाप्पेले ट्विट गरेका छन्, ‘सन्देशका लागि सबैलाई धन्यवाद छ । मलाई लाग्छ विसम पनि यो उपाधिका हकदार थिए । प्रिमियर लिगमा गत सिजन त्यस्तै भएको थियो । ‘
एमबाप्पेको ट्विटमा प्रतिक्रिया दिने क्रममा बेन याडेरले भनेका छन्, ‘धन्यवाद साथी । अनि तिमिलाई बधाई छ । यदि तिमिले चाह्यौं भने हामीले पालै पालो लिन सक्छौं । ‘
मार्चमा लिग वान स्थगित हुँदा दोस्रो स्थानको मार्से भन्दा पिएसजी १२ अंकले अगाडि रहेको थियो । त्यसैका आधारमा पिएसजी च्याम्पियन घोषित भएको थियो ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]