default_image

5 years ago

May 9, 2020

घरमै प्रशिक्षणमा रहेका रियलका जोभिच घाइते

88 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिच घरमै प्रशिक्षणका क्रममा घाइते हुन पुगेका छन् । स्पेनिस क्लब रियलले पनि आफ्नो खेलाडी जोभिचको दाया खुट्टाको हड्डी भाँचिएको पुष्टि गरेको छ । 

चोट बोकेसँगै उनी रियलको प्रशिक्षणमा फर्कने छैनन् । २२ वर्षीय जोभिक सोमबारदेखि रियलको प्रशिक्षणमा सामेल हुने तयारीमा थिए । रियल म्याड्रिडका मेडिकल टोलीले जोभिचको परिक्षण गर्दै खुट्टाको हड्डी भाँचिएको (आर्टिक्युलर फ्याक्चर) भएको पुष्टि भएको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रियलले उनी कहिले फर्कने भन्ने कुनै समयसीमा तोकेको छैन । तर, उनले अब ला लिगा पुन सुचारु भएको अवस्थामा उनले सबै खेल गुमाउन सक्ने अनुमान गरिएको छ । गत जुनमा जर्मन क्लब फ्रन्कफर्टबाट ६५ मिलियन युरोमा रियलमा आएका उनले पहिलो सिजन निकै संघर्ष गरिरहेका छन् । उनले यो सिजन रियलबाट २४ खेलमा मात्रै दुई गोल गरेका छन् ।

कोभिड १९ ले विश्वव्यापी रुप लिएपछि स्पेन पनि लकडाउन भएपछि उनले क्लबको अनुमति लिदै सर्विया पुगेका थिए । तर, उनी त्यहाँ प्रेमिकाको जन्मदिनमा लकडाउन तोडेको आरोपमा विवादित बन्न पुगेका थिए । उनी दुई साता क्वारेन्टिनमा बस्नुपर्ने भएपनि नियमको पालना नगरेको आरोपमा पक्राउ परेका थिए । माफी मागेपछि उनलाई रिहा गरिएको थियो ।

रियलले बिहीबारदेखि खेलाडीको कोरोना परिक्षण गर्दै प्रशिक्षणमा फर्कने तयारी गरिरहेको छ । क्लबले तीन चरण पार गरेपछि मात्रै खेलाडीहरुलाई पुर्ण प्रशिक्षणमा सामेल गराउनेछ । क्लबले यसै साता आफ्ना खेलाडीहरुको परिक्षण गर्दा कुनै पनि खेलाडीमा कोरोना नदेखिएपछि रियलले सोमबारदेखि सानो समूह बनाएर प्रशिक्षण थाल्नेछ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.