default_image

5 years ago

May 9, 2020

फाब्रिगासको नजरमा एमबाप्पे रियलमै फिट

130 views

0 Bookmark

एजेन्सी – स्पेन तथा इंग्लिस क्लब आर्सनलका पुर्व स्टार सेस फाब्रिगासले फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा फिट हुने र त्यहाँ उनले धेरै सफलता हात पार्न सक्ने बताएका छन् ।

आर्सनल, बार्सिलोना र चेल्सीका लागि खेलेका मिडफिल्डर फाब्रिगास हाल मोनाकोका लागि खेलिरहेका छन् । ३३ वर्षे फाब्रिगासले नोउक्याम्पका समर्थकलाई खिन्न बनाउँदै एमबाप्पे पुरानो प्रतिद्वन्द्वी क्लब रियलमा फिट हुने दाबी गरेका हुन् । विश्व विजेता २१ वर्षीय एमबाप्पे पछिल्लो समय म्याड्रिडसँग जोडिएका छन् । तर, कोरोना महामारीका कारण रियलले एमबाप्पेलाई अर्काे सिजन मात्रै क्लबमा भित्र्याउने बताइरहेको छ ।

पीएसजीमा एमबाप्पेकोे सम्झौता २०२२ सम्म छ ।  भर्खरै मात्र लिग वान च्याम्पियन क्लबले लिग वानको गोल्डेन बुट विजेता एमबाप्पेलाई साप्ताहिक ६ लाख पाउण्डको प्रस्ताव गर्दै सम्झौता नविकरणको आग्रह गरेको छ । तर, रिपोर्टका अनुसार एमबाप्पेले रियल म्याड्रिड जान पाउने विकल्प सम्झौतामा उल्लेख गरेमा मात्र नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् ।

एम्बाप्पेलाई रियलसँगै प्रियिमर लिग क्लब लिभरपुलले पनि अनुबन्धमा चासो देखाएको छ । एनफिल्ड क्लबले एम्बाप्पेका बुवासँग भेटेर उनको सम्भावित नयाँ गन्तव्यको बिषयमा छलफल गरिसकेको छ ।

‘उन्म खेलको भोक छ । जो उत्कृष्ट बन्न चाहन्छन् । उनी खाली ठाउँमा उत्कृष्ट तरिकाले अघि बढ्छन् । उनी निकै छिटो र छरिता छन् ।’ एक अन्तर्वार्तामा फाब्रिगासले भने, ‘उनी निकै राम्रो बन्न चहान्छन् । उनको खेल्ने शैलीका कारण उनी बार्सिलोनामा भन्दा पनि रियलमा फिट हुनेछ । उनले त्यहाँ  थुप्रै सफलता हात पार्न सक्नेछन् ।’

फाब्रिगास बार्सिलोनाको एकेडेमी ला मासियाका खेलाडी हुन् । उनले फ्रान्सेली युवा स्टारलाई नयाँ थियरी हेनरीको रुपमा व्याख्या गरेका छन् । एमबाप्पे २०१८ मा मोनाकोबाट पीएसजीमा स्थानान्तरण भएका थिए । उनले १ सय ३८ खेलमा ९० गोल समेत गरेका छन् । एमबाप्पेले यो सिजन पीएसजीका लागि ३३ खेलमा ३० गोल तथा १७ असिस्ट दिएका छन् ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.