default_image

5 years ago

May 9, 2020

युभेन्टसका मिडफिल्डर प्यानिच बार्सिलोना आउन सहमत

112 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टसका मिडफिल्डर मिरालेम प्यानिच आउदो समरसँगै क्याटलान क्लब बार्सिलोना आउन सहमत भएका छन् । इटालियन सञ्चार माध्यमका अनुसार बोस्नियाका ३० वर्षीय मिडफिल्डर आउदो समरमा बार्सिलोना आउन सहमत भएको उल्लेख गरेको छ ।

बार्सिलोनाले यसअघि नै आर्थर मेलोको स्थानमा प्यानिच नै ल्याउने योजना बनाइरहेको थियो । बार्सिलोनाले प्यानिचलाई ६० मिलियन युरो खर्च गर्न सक्ने अनुमान गरिएको छ । प्यानिच बार्सिलोना आउन सहमत हुदा ब्राजिलका २३ वर्षीय आर्थर मेलोको बार्सिलोनामा भविष्य अनिश्चित बनेको छ ।

उनी युभेन्टस नै जान सक्ने आँकलन गरिएको छ । मेलोको पछिल्लो २ सिजनमा बार्सिलोनाका लागि ६७ खेल खेलेका छन् । उनको सम्झौता २०२४ सम्म रहेको छ । बार्सिलोनाले मेलोले युभेन्टस जान नचाहेको अवस्थामा आर्टुरो भिडाल र इभान राकिटिकलाई प्रस्ताव गर्न सक्नेछ ।

बार्सिलोनाले २०१६ मै प्यानिचलाई अनुबन्धको प्रयास गरेपनि लगातार तीन सिजनसम्म असफल भएको थियो । उनलाई अनुबन्ध गर्न असफल भएपछि बार्सिलोनाले २०१६ का आन्द्रे गोमेज, २०१७ मा पाउलिन्हो र २०१८ मा पिजानिक अनुबन्ध गरेको थियो । गोमेज र पाउलिन्होको तुलनामा आर्थर मेलोले विस्तारै आफ्नो प्रभाव छाड्न सफल भएका थिए ।

२०१६ मा इटालियन क्लब रोमाबाट युभेन्टस पुगेर अहिले चौथो सिजन बिताइरहेका प्यानिचले यो सिजन ३२ खेलमा ३ गोल र चार असिस्ट दिएका छन् । उनले युभेन्टसबाट विभिन्न ६ उपाधि जितेका छन् । जसमा तीनपटक सिरी ‘ए’ दुई इटालियन कप र एक सुपरकप छन् ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.