default_image

5 years ago

May 9, 2020

मार्टिनेज आउनेमा बार्सिलोना आशावादी

121 views

0 Bookmark

एजेन्सी – बार्सिलोनालाई थाहा छ इन्टर मिलानबाट लाउटारो मार्टिनेजलाई भित्राउन सहज हुने छैन । कारण ती स्तरिय फरवार्डलाई भित्राउन अन्य क्लब पनि उत्तिकै इच्छुक छन् । जसले गर्दा उनको मुख्य पनि उच्च हुने अनुमान गरिएको छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि मार्टिनेजको अवस्था नियालिरहेको छ । पिएसजीसँगै अन्य क्लबसँग पनि बार्सिलोनाले प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । यद्दपी बार्सिलोना पनि अर्जेन्टिनी फरवार्डलाई समेट्न आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्नेछ । बार्सिलोनाको अर्को बलियो आधार भनेको मार्टिनेज आफैं पनि क्याप नोउ जान इच्छुक छन् ।

मार्टिनेजका लागि १ सय ११ मिलियन युरोको आसपास रिलिज क्लज रहेको छ । आर्टुरो भिडाल र निल्सन सेमेडोलाई विक्री गर्न सकेको खण्डमा मार्टिनेजलाई किन्न बार्सिलोना बलियो हुनेछ । इन्टरले पनि बार्सिलोनाको प्रस्तावलाई सहजै स्वीकार गर्ने देखिन्न । किनकी उनलाई लिन चाहने क्लबको संख्या धेरै छ । त्यस्तो अवस्थामा क्लब आफैले पनि अर्जेन्टिनी फरवार्डसँग नयाँ सम्झौताको प्रस्ताव गर्न सक्नेछ । तर यसअघि मार्टिनेजले एक पटक प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

रियल म्याड्रिड र म्यानचेस्टर सिटीले पनि यसअघि मार्टिनेजमा चासो देखाएका थिए । अहिले पिएसजी उनका लागि प्रस्ताव राख्ने बलियो टोलीको रुपमा रहेको छ । कारण एडिन्सन काभानीको सम्झौता सकिने क्रममा छ । माउरो इकार्डीको लोन पनि टुंगिने क्रममा छ । केलियन एमबाप्पे पनि ढिला चाँडो क्लब छाड्नेमा देखिन्छन् । नेयमार पनि पिएसजी छाड्ने मौकाको खोजीमा छन् ।

बार्सिलोना र पिएसजी पछिल्लो केहि समयमा सम्बन्ध राम्रो छैन । कारण माथिज डी लिग्टलाई भित्राउनमा यी दुई टोलीबीच प्रतिस्पर्धा थियो । तर, लिग्ट भने युभेन्ट्स पुगेका थिए । तर बार्सिलोना भने लियोनल मेस्सीसँग खेल्न पाउने आशाका साथ मार्टिनज क्याप नोउ नै रोज्ने विश्वासमा छन् ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.