5 years ago
May 8, 2020
एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण ठप्प फुटबल गतिविधि सुचारु भएपछि एकै खेलमा हरेक टोलीले पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको छ । यसअघि हरेक टोलीले ३ खेलाडी मात्र परिवर्तन गर्न पाउँथे ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने प्रावधानसहितको राखेको प्रस्ताव आईएफएबीलाई स्वीकारेपछि नियमले आधिकारिकता पाएको हो । अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले डिसेम्बर २०२० सम्मका खेलमा यो नियम लगाउन सकिने जनाएको छ । विश्व फुटबलले खेल संचालनका लागि मान्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ ।
फिफाका प्रवक्ताका अनुसार खेलाडीको स्वास्थ्य ध्यानमा राख्दै यो कदम चालिएको हो । ‘ खेलाडीहरुले कम समयमा धेरै खेल खेल्नुपर्ने हुँदा गाह्रो हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसैले हामीले पाँच खेलाडी परिवर्तन गर्ने प्रावधान ल्याएका हौं,’ उनले भने । हाल हरेक टोलीले एक खेलमा तीन खेलाडी परिवर्तन गर्न पाउँछन् भने अतिरिक्त समयमा खेल धकेलिए चौथो खेलाडी परिवर्तन गर्न पाइन्छ ।
फिफाले लज अफ द गेममा रहेको तेस्रो नियम अर्थात् खेलाडी परिवर्तनमा केहि समयका लागि ‘ टोलीले ५ खेलाडी परिवर्तन गर्न पाउने र अतिरिक्त समयमा लम्बिएको खेलमा छैटौं खेलाडी परिवर्तन गर्न पाउने ।’ प्रस्ताव पेस गरेको थियो । आईएफएबीले प्रतियोगिता आयोजकले चाहेमा यो नियम लगाउन पाउने जनाएको छ । यद्यपि लिग आयोजकले ३ खेलाडी नै सिमित राख्न चाहे पनि त्यसलाई निरन्तरता दिन पाउनेछन् ।
नियममा गरिएको परिवर्तन :
ल ३ – खेलाडी – अस्थायी परिवर्तन
हरेक टोलीले अधिकतम ५ खेलाडी परुवार्तन गर्न पाउनेछन्
हरेक टोलीले खेल चलिरहँदा ३ पटक मात्र खेलाडी परिवर्तन गर्न पाउनेछन्, हाफटाइममा पनि खेलाडी परिवर्तन गर्न पाइनेछ
यदि एकै समयमा दुवै टोलीले खेलाडी परिवर्तन गरेमा दुवै टोलीले १-१ पटक खेलाडी परिवर्तन गरेको गनिनेछ
नियमित समयमा खेलाडी परिवर्तन नगरेमा उक्त अवसर र खेलाडी परिवर्तन गर्ने प्रावधान अतिरिक्त समयमा पनि मान्य हुनेछ
अतिरिक्त समयमा हरेक टोलीले थप एक खेलाडी परिवर्तन गर्न पाउनेछन्
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]