5 years ago
May 8, 2020
एजेन्सी – फुटबल सुचारु गर्ने लक्ष्यसहित स्पेनिस लिगको खेलाडीहरुमा गरिएको कोरोना परिक्षणमा पाँच खेलाडीलाई कोरोना संक्रमण देखिएको छ । आरएसी१ का अनुसार ला लिगाका ३ र दोस्रो श्रेणी लिगका २ खेलाडीमा संक्रमण पक्का भएको हो ।
लिगले हाललाई कुन खेलाडीलाई कोरोना परिक्षण गर्दा पोजिटिभ देखिएको भन्ने खुलाएको छैन । तर खेलाडीमा नै संक्रमण देखिएपछि लिग चाडै सुचारु हुने सम्भावना भने केहि कम भएको छ । अझै पनि केहि टोलीहरुको कोरोना परिक्षण बाँकी रहेको अवस्थामा ला लिगाले सबै परिक्षण सकिएपछि मात्र विज्ञप्ति जारि गर्नेछ ।
आरएसी१ ले खेलाडीको नाम सार्वजनिक नगरेपनि बार्सिलोनाका कुनै खेलाडीलाई कोरोना संक्रमण नभएको भने पक्का गरेको छ । बार्सिलोनाका खेलाडीहरु सबैको परिक्षण नेगेटिभ आएपछि क्लबले शुक्रबारदेखि प्रशिक्षण थाल्ने कार्यक्रम रहेको छ । सुरुवाती चरणमा खेलाडीहरुले व्यक्तिगत प्रशिक्षण मात्र गर्नेछन् । यसअघि भ्यालेन्सियाका पाँच खेलाडीमा संक्रमण देखिएपनि उनीहरु ठिक भइसकेका छन् ।
ला लिगाले खेलाडीसँगै प्रशिक्षण टोली र खेलाडीसँग सम्पर्कमा आउने हरेक अफिसियलको कोरोना परिक्षण गर्नेछ । बन्द मैदानमा लिग खेलाउनका लागि पनि लिगमा आबद्ध सबै कोरोना मुक्त हुनु जरुरि छ । सरकारले त्यसपछि मात्र खेल आयोजनाका लागि स्वीकृति दिनेबारे निर्णय गर्नेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]