default_image

5 years ago

May 8, 2020

न्युकासलको नजरमा कोउटिन्हो

120 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडले बार्सिलोनाबाट लोनमा बायर्न म्युनिख पुगेका मिडफिल्डर फिलिपे कोउटिन्होलाई अनुबन्धनका लागि प्रयास गर्ने भएको छ ।

साउदी अरेबियाको राज्य कोषले खरिद गर्ने प्रक्रिया अगाडी बढिरहेको अवस्थामा क्लबले अब आक्रामक रुपमा ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्ने योजना बनाएको छ । यसक्रममा प्रशिक्षकका लागि टोटेनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोसँग क्लबले छलफल समेत गरिसकेको छ । प्रिमियर लिगबाट स्वामित्व ग्रहणको स्वीकृति भएसँगै क्लबले औपचारिक रुपमा नयाँ मालिक पाउनेछ ।

न्युकासलले प्रिमियर लिगलाई प्रस्तुत गरेको कागज पत्रमा क्लबलाई अर्को सिजन नै च्याम्पियन्स लिगमा छनोट गराउने लक्ष्यसहित अगाडी बढ्ने बताएको छ । यसका लागि क्लबले आवश्यक प्रायोजकको पनि खोजि गर्न थालिसकेको बुझिएको छ । माइक एस्लीले ३ सय मिलियन पाउण्डमा स्वामित्व बेचेका थिए ।

न्युकासलले आक्रामक ट्रान्सफरको सुरुवात ठूलो नामबाट गर्ने सम्भावना छ । स्पेनको मुन्दो डेपोरटिभोका अनुसार ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो प्रिमियर लिग फर्कने सम्भावना बलियो छ । पोचेटिनोले यसअघि नै कोउटिन्होलाई एस्पान्योलमा हुँदा करीअरको सुरुवाती समयमा प्रशिक्षण दिएका थिए । यसपटक नयाँ योजनाका लागि दुवैलाई न्युकासल उत्तम गन्तव्य हुने देखिएको छ ।

बायर्नले कोउटिन्होको अनुबन्ध स्थायी नगर्ने बताइरहँदा बार्सिलोनाले पनि उनको भविष्यबारे केहि बोलेको छैन । प्रशिक्षक किके सेटिनले अर्को सिजन उनी फर्के आफ्नो योजनामा राख्ने बताएपनि क्लबले आर्थिक पाटोलाई मध्यनजर गर्दै उनलाई बेच्न सक्छ । बार्सिलोनाले १ सय मिलियन युरोको हाराहारीमा उनको मुल्य तोकेको छ ।

March 19, 2025

एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]

March 19, 2025

बाँसबारीले आरसीटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]

March 19, 2025

ब्वाइज युनियन र टुसालको लगातार बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]

Success

Thank you for your time.