5 years ago
May 8, 2020
एजेन्सी – दक्षिण कोरियाका फरवार्ड तथा इंग्लिस क्लब टोटेनहम हट्स्परका खेलाडी ह्युङ मिन सनले आफ्नो सैन्य तालिम सफलतापूर्वक पूरा गरेका छन् ।
झन्डै ३ साता लामो अनिवार्य सैन्य तालिममा सहभागी सन तालिम लिने उत्कृष्ट ५ सहभागीमा पर्न सफल भएका हुन् । कुल १ सय ५७ सहभागी रहेको क्याम्पमा सनले सुटिङ विधामा उत्कृष्ट नतिजा समेत हासिल गरे । कोरियाको दक्षिणी भेगको जेजुस्थित म्यारिन कर्प्स ट्रेनिङ क्याम्पमा भएको तालिमका लागि सन लन्डनबाट आएका थिए । कोरोना भाइरस संक्रमणका कारण समापन समारोह सार्वजनिक रुपमा गरिएको थिएन ।
कोरियामा हरेक नागरिकले २१ महिने सैन्य तालिम अनिवार्य रुपमा लिनुपर्ने प्रावधान छ । तर सनले सन् २०१८ को एसियाली खेलकुदमा देशका लागि स्वर्ण पदक जितेपछि उनको तालिम अवधि घटाइएको थियो । अब सनले सन् २०२३ सम्म सिमित सामाजिक कार्यहरुमा सहभागिता जनाउनु पर्नेछ ।
प्रिमियर लिग कोरोना संक्रमणका कारण स्थगित भएपछि सन कोरिया प्रस्थान गरेका थिए । उनी अब अर्को महिना लन्डन फर्कने अपेक्षा गरिएको छ । हाल टोटेनहमले समुहगत रुपमा प्रशिक्षण गरिरहेको छ । लिग सुचारु हुने विषयमा भने हालसम्म कुनै निर्णय भएको छैन ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]