default_image

5 years ago

May 8, 2020

एमबाप्पेलाई गोल्डेन बुट

119 views

0 Bookmark

एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार फरवार्ड केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ । २१ वर्षे एमबाप्पेले अघिल्लो सिजन पनि गोल्डेन बुट जितेका थिए । उनले अघिल्लो सिजन २९ खेलमा ३३ गोल गरेका थिए । 

कोरोना भाइरस (कोभिड–१९) का कारण सिजन रद्द भएसँगै लिग डि फुटबल प्रोफेसनल (एलएफपी) ले पीएसजीलाई नै अघिल्लो साता च्याम्पियन घोषणा गरेको थियो । फ्रान्स सरकारले आगमी सेप्टेम्बरसम्म खेलकुदका कुनैपनि गतिविधि गर्न रोक लगाएपछि एलएफपीले लिग वान र लिग टु रद्द  भएको घोषणा गरेको थियो ।

एलएफपीले यो सिजन फ्रान्स तथा मोनाकोका विसाम बिन यडरसँग समान १८ गोल भएपनि प्रति खेलमा गोलको आधारमा एमबाप्पेलाई गोल्डेन बुट प्रदान गरिएको हो । विश्व विजेता एमबाप्पेले यडरको तुलनामा ओपन प्लेबाट बढी गोल गरेका थिए । यडरको १८ गोलमा तीन पेनाल्टी समावेश छ । जब कि एमबाप्पेले सबै गोल ओपन प्लेबाटै गरेका छन् ।

यस्तै एमबाप्पे यडरको तुलनामा प्रति खेलमा बढी गोल गर्नमा पनि अघि छन् । उनले लिग वानको २० मध्ये १८ खेलमा गोल गरेका छन् । यडरले २६ खेलमा १८ गोल गर्न सफल भएका थिए । एमबाप्पेको प्रति खेल ०.९ रहँदा यडरको ०.६९ रहेको छ । एमबाप्पेले यो सिजन समग्रमा पीएसजीका लागि ३० खेलमा ३३ गोल गरेका छन् ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.