default_image

5 years ago

May 8, 2020

मिरोस्लाभ क्लोज बायर्नको सहायक प्रशिक्षक नियुक्त

147 views

0 Bookmark

एजेन्सी – विश्वकप फुटबलका कीर्तिमानी गोलकर्ता जर्मनीका लेजेन्ड मिरोस्लाभ क्लोज बायर्न म्युनिखको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । बायर्नले क्लोजलाई तत्कालका प्रशिक्षक हान्सी फ्लिकको सहायकको रुपमा एक वर्षको लागि सम्झौता गरेको हो ।

उनले अर्काे सिजनबाट आफ्नो पदभार सम्हाल्नेछन् । क्लोजले यसअघि बायर्नकै यु–१७ टोलीलाई प्रशिक्षण दिँदै आएका थिए । प्रशिक्षणमा राम्रो देखिएपछि क्लबले उनलाई शीर्ष टोलीको जिम्मेवारी प्रदान गरेको हो । उनले सम्झौता भएको पुष्टि गर्दै सामाजिक सन्जालमा क्लबका निर्देशक कार्ल हेइन्ज रुम्मेनिगे र स्पोर्टिङ डाइरेक्टर हसन सालीहामिदजिकसँग सामाजिक दुरी कायम राखेको तस्वीर पोस्ट गरेका छन् ।

‘हामीले एक अर्कालाई राम्ररी चिनेका छौं । हामी एक अर्कालाई व्यवसायिक र व्यक्तिगत रुपमा विश्वास गछौं । यो मेरो कोचिङ करियरको अर्काे तह हो,’ क्लोजको विज्ञप्तमा उल्लेख छ ।

बायर्नका मुख्य प्रशिक्षक फ्लिकले मिरोको अनुभव र अन्तर्राष्ट्रिय स्तरको पुर्व व्यावसायिकताको हिसावले उनी बायर्नको कोचिङ टिमको उत्कृष्ट उम्मेदवार रहेको बताएका छन् । ‘हामीले एक अर्कालाई धेरै लामो समयदेखि चिनेका र प्रशंसा गरेका छौं । राष्ट्रिय टोलीसँगै ठुलो सफलता मनाउन सक्षम छौं,’ फ्लिकले भने ।

क्लबका निर्देशक कार्ल हेइन्ज रुम्मेनिगेले क्लोजलाई सिनियर टोलीको प्रशिक्षकमा ल्याउन पाउदा खुशी लागेको बताएका छन् । ‘उनी विगत १५ देखि २० वर्षयता जर्मनीमा सर्वाधिक सफल फरवार्डको रुपमा चिनिएका छन् । म मेरो पुर्व फरवार्ड मिरोसँग विश्वस्त छु कि, उनले प्रशिक्षकको रुपमा बायर्नलाई आफैंलाई सफल तुल्याउनेछनर । मिरो फ्लिकको मनपर्ने उम्मेदवार पनि हुन् ।’

यस्तै क्लबले सहायक प्रशिक्षक ड्यानी रोहलको सम्झौता २०२३ सम्म थपेको छ । त्यसको दुईवर्षपछि उनी बायर्नकै युथ टिमको प्रशिक्षण सम्हालेका थिए । बायर्नले २०१८ क्लोजलाई यु–१७ टिमको जिम्मेवारी प्रदान गरेका थिए । सोही समय उनले बायर्नको यु–१७ टिमलाई साउथ र साउथवेस्टको लिगको उपाधि जिताएका थिए ।

जर्मनीले २०१४ मा ब्राजिलमा भएको विश्वकप जित्दा फ्लिक जोचिम लोको सहायक प्रशिक्षकको रुपमा रहेका थिए । सोही समय नै उनले विश्वकपमा गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए ।

क्लोजले चार संस्करणको विश्वकपमा सहभागिता जनाउँदै २४ खेलबाट कीर्तिमानी १६ गोल गरेका छन् । उनले २०१४ को विश्वकपमा गोल गर्दै ब्राजिली रोनाल्डोको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । ब्राजिली रोनाल्डोको नाममा १५ गोल रहेको छ । उनी जर्मनीको सर्वाधिक गोलकर्ता समेत हुन् । ४१ वर्षीय क्लोजले १३७ खेलमा ७१ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

क्लोजले कैसरस्लाउटर्न, वेर्डर ब्रेमेन, बायर्न म्युनिख र लाजियोका लागि खेले । उनले विश्वकपसँगै दुई बुन्डेस लिगा, दुई जर्मन कप र कोपा इटालिया जितेका छन् । उनले बायर्नबाट २००७ देखि २०११ सम्म खेलेका थिए । त्यसपछि उनले २०११ देखि २०१६ सम्म इटालियन क्लब लाजियोबाट खेलेका थिए ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.