5 years ago
May 8, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडालले आउदो समरसँगै बार्सिलोना छाड्ने निर्णय गरेका छन् । बार्सिलोनाले रिलिज गर्न चाहेको अवस्थामै भिडालले छाड्ने निर्णय गरेपनि उनलाई अहिलेसम्म कुनै पनि क्लबले औपचारिक प्रस्ताव राखेको छैन ।
चिलीका ३२ वर्षीय भिडालले बार्सिलोनामा यो सिजन लगातार पहिलो रोजाईमा स्थान बनाएपनि मन जित्ने खेल पस्कन सकेका थिएनन् । उनले यो सिजन ६ गोल गरेका छन् । उनका एजेन्ट फर्नान्डो फेलिसभिचले यो कदम चाल्न सहज भएको र उनलाई चर्चित क्लबले नै अनुबन्ध गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
भिडाल अनुबन्ध गर्न इटालियन क्लब इन्टर मिलानले बढी चासो देखाइरहेको छ । बार्सिलोनामा उनको सम्झौता अर्काे वर्षको समरसम्म रहेको छ । तर, बार्सिलोनाले अर्जेन्टिनी तथा इन्टर मिलानका फरवार्ड लोउटारो मार्टिनेज र ब्राजिल तथा फ्रेन्च क्लब पीएजसीका स्टार फरवार्ड अनुबन्ध गर्नको लागि भिडालसहित ८ जना खेलाडीलाई बेचेर रकम जम्मा गर्ने मनासय बनाएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
२०१८ मा जर्मन महारथी बायर्न म्युनिखबाट भिडाल तीन वर्षको सम्झौता गर्दै बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् । यसै सिजनमा डच मिडफिल्डर फ्रान्की डि जोङको आगमनसँगै भिडाललाई बार्सिलोनामा पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो । सोही कारण पनि बार्सिलोनाले भिडाललाई रिलिज गर्ने निर्णय गरेको हो । उनी आफ्नो नयाँ गन्तव्यको खोजी गरिरहेका छन् ।
इन्टर मिलानले १८ मिलियन पाउन्डसम्ममा भिडाललाई अनुबन्ध गर्न उत्सुक रहेको बताइएको छ । चिलीकै एलेक्सिस सान्चेज फेलिसभिचकै माध्यमबाट इन्टर मिलान पुगेकाले पनि भिडालको इन्टर मिलान यात्रा सहज हुने अनुमान गरिएको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]