5 years ago
May 8, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण गएको दुई महिनादेखि स्थगित भएको जर्मन बुन्डेस लिगा १६ मेबाट शुरु हुने भएको छ । जर्मन सरकारले खेलकुद गतिविधि सुचारु गर्न अनुमति दिएपछि जर्मन फुटबल संघले १६ मे बाट रोकिएको लिग सुचारु गर्ने निर्णय गरेको हो ।
लिग २७ जुनसम्म चल्नेछ । जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले बुन्डेस लिगाको खेल तालिका सार्वजनिक गर्दै शनिबार ६ वटा खेल हुने बताएका छन् । जस अनुसार १६ मे मा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले छैटौं स्थानमा रहेको साल्केसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिन डर्टमन्ड र साल्केसँगै अन्य पाँच खेल पनि हुनेछ ।
अग्सवर्ग र वुल्फवर्ग, डुसेलडर्फ र पाडेरवर्न, आरबी लाइप्जिग र फ्रेइवर्ग, होफेनहाइन र हर्था बर्लिन तथा फ्रन्कफर्ट र बोरुसिया मोन्चेनग्लाडवाचबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन कोलिन र मेइन्ज तथा युनियन बर्लिन र शीर्षस्थानको बायर्न म्युनिखबीच खेल हुनेछ । त्यसपछि वेर्डर ब्रेमेन र बायर लिभरकुसेनबीच प्रतिस्पर्धा हुनेछ । खेल ‘क्लोज डोर’ मा नै हुनेछ । शुक्रबार कुनै खेल नहुने जर्मन एफएले जनाएको छ ।
बुधबार मात्रै जर्मन सरकारले दुई शीर्ष डिभिजनका ३६ क्लब मेको दोस्रो हप्ता खेल्न योग्न हुने बताएको थियो । कोरोना रोकथामको उल्लेख्य सुधार गरेको जर्मनीले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ । सोही कारण उसले शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता खेल्न समेत अनुमति प्रदान गरेको हो । उसले मानिसबीच साढे १ मिटर दुरी कायम राख्न समेत निर्देशन दिएको छ ।
शीर्षस्थानमा रहेको बायर्नको २५ खेलबाट ५५ अंक छ । समान खेलबाटै डर्टमन्डको ५१ अंक छ । यि दुई टोलीबीच मात्रै चार अंकको अन्तर छ । बेर्डर ब्रेमेन र पाडेरवर्न रेलिगेसन जोनमा रहँदा डुसेलडर्फ रेलिगेसन क्वालिफिकेसन खेल्ने जोनमा छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]